Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`नयाँ मेकरले सोच्न बाध्य बनाए` : प्रदीप श्रेष्ठ (निर्देशक)

फिल्मीखबर, काठमाण्डौ, 2013/04/05

चार वटा गीत अनि चार वटा फाईट अनि रोनाधोनालाई समेटेर फिल्म निर्माण गर्दै आएका निर्देशक प्रदीप श्रेष्ठले अब भने मेकिङ शैलीमा परिवर्तन ल्याउनु पर्ने बताएका छन् । अहिले आएका नयाँ फिल्म मेकरहरूको मेकिङ शैलीबाट केहि प्रभावित भएका प्रदीपले पुरानै ढर्रामा फिल्म निर्माण गर्ने परिपाटी त्यागेको बताए ।

 

जीवनरेखा, दुई पल, अजम्बरी नाता, डर, भगवान सबैको, सपना, कवच र सडक जस्ता फर्मुला फिल्म निर्देशन गरेका प्रदीपले यहि बैशाख १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'मेरो मनको साथी'को मेकिङ शैलीमा केहि नयाँ पन दिएको बताए । 'एकैपटक परिवर्तन गर्न गार्‍हो हुन्छ त्यसैले विस्तारै मेकिङ शैलीमा परिवर्तन गर्दै जानेछु,' प्रदीपले भने- 'फ्रिज भएर बसेको मेरो मष्तिष्कका नशाहरू अहिले चलबलाउन थालेका छन् ।'

 

प्रेममा शारीरिक आकर्षण नभई भावनात्मक आकर्षण हुनुपर्छ भन्ने थीममा रहेर फिल्म निर्माण गरेका प्रदीपले २ घण्टा १५ मिनेटसम्म आफ्नो फिल्मले दर्शकलाई बाँधेर राख्ने दाबी गरे । न्यु भेनस फिल्म्स् प्रालिको ब्यानरमा राजेश शाहीले निर्माण गरेको यो फिल्ममा जीवन लुईटेल आयुष रिजाल र जस्मिन श्रेष्ठको त्रिकोणात्मक रोमान्स हेर्न सकिनेछ । फिल्ममा राजेश हमाल, सुनिल दत्त पाण्डे, मिथिला शर्मा, हिउँवाला गौतम, मुकुन्द श्रेष्ठ, मुकुन्द किशोर भट्टराई, उमेश खड्का लगायतको पनि महत्वपूर्ण भुमिका रहेको निर्देशकले बताए ।
 

फिल्ममा कथा प्रदीप श्रेष्ठ, पटकथा र संवाद मौनता श्रेष्ठ, संगीत महेश खड्का, नृत्य कविराज गहतराज, द्वन्द्व हिमाल केसी, गीत नरेश भट्टराई र दयाराम पाण्डे, छायांकन रामशरण उप्रेती र सम्पादन विपीन मल्लको छ । फिल्मको लागत रिलिज सम्म एक करोड भन्दा माथी पुग्ने बताईएको छ ।