
चलचित्र बिकास बोर्डले बैशाख ८ गते देखि ३ दिन सम्म सुर्खेतमा गर्न लागेको चलचित्र महोत्सवलाई निर्देशक समाजले बहिस्कार गरेकोमा समाजका वरिष्ठ उपाध्यक्ष विमल पौडेलले आपत्ती जनाएका छन् ।

यतिवेला ईकु अर्थात सुलेमान शंकरलाई नववर्षको शुभकामना आदानप्रदान गर्नुभन्दा पनि ईकु व्याग अगेन चलचित्रको प्रचार प्रसार गर्न निकै दौडधुप गर्नुपरेको छ । कलाकार तथा निर्माता सुलेमान शंकर आफ्नो दोस्रो चलचित्रको प्रर्दशन डेट नजिकिदै गर्दा उनि चलचित्रको प्रचारप्रसार गर्ने क्रममा सुर्खेत हुदै नेपालगंज आएका छन् ।

बैशाख १५ गते देखि रिलिजको तयारीमा रहेको एम.एस अग्रज निर्देशित फिल्म भैहाल्छ नी को टोली झापा प्रोमोशनका लागि निस्किएको छ ।

छलफल विना अन्तिम समयमा मूल आयोजक समितिमा राखिएको विषयमा असन्तुष्टी जनाउदै निर्देशक समाजले सुर्खेतमा हुन लागेको चलचित्र महोत्सव बहिस्कार गरे लगत्तै चलचित्र द्धन्द कलाकारसंघले पनि महोत्सवलाई बहिस्कार गरेको छ ।

पाँच फिल्म निर्देशन गरिसकेका निर्देशक सुरेश दर्पण पोखरेलले ०६९ साल भित्रमा दुई नयाँ धारका फिल्म बनाउने घोषणा गरेका छन् । नेपाली युवती कसरी कल गर्ल हुन बाध्य हुन्छन् भन्ने थिम आधारित रहेर 'कल गर्ल' फिल्म उनको यो बर्षको पहिलो प्रोजेक्ट हुनेछ भने स्टोरी खुलाउन नचाहेको एक्सपेरिमेन्टल फिल्म 'एडल्ट' उनको दोस्रो प्रोजेक्ट हुनेछ ।

नववर्ष २०६९ को सुरुवात सँगै हट गायिका इन्दिरा जोशी र नायक तथा गायक प्रशान्त तामाङ नेपालगंज आएका छन् । युवापुस्ता माझ कम समयमा निकै लोकप्रिय हुन सफल गायिका जोशी र गोर्खा पल्टन हिरो तामाङ निष्पक्ष ध्वनि राष्ट्रिय दैनिक पत्रिकाको आयोजनामा नेपालगंज रंगशालामा भएको सांस्कृतिक कार्यक्रममा सहभागी हुन आएका हुन् ।