
रमेश बुढाथोकीको नेतृत्व रहदा शून्य देखिने चलचित्र कलाकार संघमा फिल्मकर्मीहरुको चहलपहल बढ्न थालेको छ ।

साप्ताहिक टिभी कार्यक्रम रजतपटमा अर्न्तवार्ता दिंदै नायिका कार्कीले सुरेश दर्पण आफ्नो गड फादर भएको बताएकी छिन् । सिल्भर स्क्रिनमा डेब्यू गरेर उतारेकाले सुरेशलाई उनले गड फादर मानेकी हुन् ।

कलंकी हलका म्यानेजर मदन शाक्यले फिल्मसँग सम्बन्धित संघसंस्थाले आफूलाई दु:ख पर्दा पनि वास्ता नगरेकोमा आक्रोश व्यक्त गरेका छन् । आफूलाई समस्या परेको बेलामा फिल्मसँग सम्बन्धित संघसंस्थाले वेवास्ता गरेको प्रति उनले आक्रोश पोखेका हुन् ।

लभर व्याय भएर फिल्ममा देखिन लागेका रेशले केहि नर्भस समेत भएको बताए । उनले भने, 'जीवन साथी (आफूलाई माया गर्ने दर्शक) खोज्दै छु त्यसैले केहि नर्भस छु ।'

ब्रायन एडम्स तथा एमएलटिआर पश्चातको अर्न्तराष्ट्रिय स्तरको तेस्रो कन्सर्टको लागि पनि मास्टर अफ सेरेमोनी (एमसी) को रुपमा दिनेश डिसी चयन भएका छन् । पर्सी शुक्रबार हुने चर्चित पाकिस्तानी गायक आतिफ अस्लमको कन्सर्टका लागि ओडसी ईन्टरटेन्मेन्टले डिसीलाई पुनः चयन गरेको हो ।

माघ १९ को मितीमा रिलिज हुने तयारीमा रहेको मन्जरी फिल्मको रिलिज डेट हेरफेर भएको छ । निर्देशक गणेश देव पाण्डेले मध्य जाडोमा दर्शक फिल्म हलमा नजाने संकेत देखाउदै रिलिज डेट हेरफेर गर्नु परेको बताए । अब यो फिल्म फाल्गुन २५ गते रिलिज हुनेछ ।

