
बिरालोले छाउरो सारे जस्तै फिल्म समयमा निर्माताले रिलिज डेट पोष्टपोण्ड गरेको गर्यै छन् । यसअघि मंसिर २२ बाट माघ १९, माघ २६ र फाल्गुन ४ गते रिलिज डेट तोकिएको फिल्म समयलाई अहिले फेरि फाल्गुन १८ का लागि पोस्टपोण्ड गरिएको छ ।

पप गायनसँगै पछिल्लो समय पार्श्व गायन र संगीतमा चर्चामा रहेका गायक तथा संगीतकार सुगम पोखरेल लागूऔषध प्रयोग गरेको अभियोगमा पक्राउ परेका छन् ।

फिल्म निर्माणमा निकै खारिएका निर्माता छबिराज ओझाको पछिल्लो फिल्म 'हमेशा' रिलिजको क्रममा रहेको छ । अधिकांश हिट फिल्म निर्माण गरेका ओझाको यो फिल्म यहि चैत्र ३० गते सार्वजनिक हुँदैछ ।

महिला भलिबलमा नेपालको तर्फबाट अर्न्तराष्ट्रिय स्तरसम्म चर्चा कमाईसकेकी पोखराकी सिपोरा गुरुङ फिल्ममा नायिका समेत बनिसकेकी छन् ।

आज शुक्रबारबाट देशभरका हलमा फिल्म पदमिनी सोलो रिलिज भएको छ । केहि दिन अगाडीको फिल्मकर्मीको आन्दोलनका कारण फिल्म रिलिजको अन्यौलमा रहेको यो फिल्मले अन्तत: आफ्नै मितीमा सिङ्गल रिलिजको मौका पाएको हो ।

नायिका प्रियंका कार्कीले फिल्म भिजिलान्तेलाई आफ्नो तेस्रो बच्चाको संज्ञा दिएकी छिन् । उनी भन्छिन्- 'चैत्र ९ गते मेरो तेस्रो बच्चा जन्मिंदै छ ।'

