
डेढ महिना अघि स्कुटी दुर्घटनामा पर्दा अनुहारनै बिग्रने गरी घाईते भएकी हिरोईन नीता ढुङ्गानाले विग्रिएको आफ्नो अनुहारको कारण थप दुई प्रोजेक्ट गुमाएकी छिन् ।

फिल्मसँग सम्बन्धित प्रमुख संघसंस्थाको असुन्तुष्टिको बीचमा चलचित्र बिकास बोर्डले आउँदो ८ गते देखि सुर्खेतको बिरेन्द्रनगरमा गर्न लागेको तीन दिने चलचित्र महोत्सव विभिन्न कारण विवादमा फसिरहेको छ ।

बैशाख पन्ध्र गते देखि सुरू हुने प्रोजेक्ट मेरो भ्यालेनटाईनको सुटिङ सकिए लगत्तै निर्देशक सुरज सुब्बा नाल्बो 'प्रमिस' टाईटल तय गरिएको नयाँ फिल्म निर्देशनमा जुट्दैछन् ।

मोफसल त्यसमा पनि पश्चिममा फिल्मको सुटिङ वाहेक खासै अन्य समयमा नआउने राष्ट्रिय कलाकारहरु चाडै नै बाक्लो संख्यामा विरेन्द्रनगर, सुर्खेत आउदै छन् । तर यो कुनै चलचित्रको सुटिङको क्रममा नभई राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी हुनको लागी हो ।

असार पन्ध्र गते दहि च्यूरा खाने दिन, साउन १५ गते खिर खाने दिन तर यहाँ बैशाख पन्ध्र गते पनि यस्तै नयाँ चाड आउदैछ फिल्मकर्मीका लागि ।

फिल्मको प्रदर्शन पूर्व तामझामका साथ गरिने प्रिमियरको ट्रेण्ड बिस्तारै हराउँदै गएको छ । फिल्मको वर्तमान व्यवसायलाई ध्यानमा राखेर प्रिमियर हराउन थालेको फिल्मीखबरले बिश्लेषण गरेको छ ।