आज शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आएका दुई फिल्म 'हमेशा' र 'नोटबुक'को ओपनिङ कलेक्सनमा हमेशा माथी रहेको बुझ्नमा आएको छ । यानकी आजको यो गेममा रेखाले आफ्नो क्षमता देखाउँदै बिपक्षीलाई हराएकी छिन् ।
'हामी भन्दा थोरै अगाडी हमेशा छ,' नोटबुक निर्देशक योगेश घिमिरेले भने- 'तर फिल्मको माउथ पब्लिसिटी हाम्रो राम्रो छ ।' भोलीबाट आफ्नो फिल्म अगाडी हुने योगेशको दाबी छ । यता हमेशा निर्माता छबि ओझाले देशभर नै आफ्नो फिल्मको कलेक्सन अगाडी भएकोमा खुसी व्यक्त गरे । हलवालाका अनुसार दुई फिल्मको बिजनेशमा खासै अन्तर छैन ।
'मेरो फिल्मलाई सबैले असफल हुन्छ भन्थे तर हामीले दर्शक तानेरै छाड्यौं,' निर्माता छबिले भने । यता योगेशले राजधानीमा हमेशाको भन्दा आफ्नो हल कमजोर रहेकाले कलेक्सनमा थोरै पछाडी परेको बताए । केहि हलमा नोटबुकको कलेक्सन अगाडी रहेको निर्माता प्रज्ञा जोशीको भनाई छ ।
फिल्मको माउथ पब्लिसिटीले दर्शक हलमा आउन बाँकी रहेकाले कुन फिल्म अगाडी बढ्छ भन्न सकिने अवस्था छैन । दुबै फिल्मका निर्माताले जीत आफ्नै हुने दाबी गरिरहेका छन् । अब हेरौं भोलीका दिनमा जीत कस्को हुन्छ ?

