०६९ सालमा नेपाली फिल्म उधोगले व्यवसायिक रूपमा निकै घाटा सहनुपर्यो । फिल्म क्षेत्रमा निकै उतारचढाव आए । नेपाली फिल्मको श्रीबृद्धिका लागि बिगत ४ बर्षदेखि निरन्तर सञ्चालनमा आएको यस फिल्मीखबर डट कमका लागि समाचार संकलन र प्रकाशनमा पनि हामीले पनि थुप्रै उतारचढावको सामना गर्यौं ।
झण्डै २ हजार समाचार प्रकाशनमा केहि यस्ता समाचार प्रकाशित भए जसमा फिल्मीखबर पाठकहरूले निकै रूची देखाउनु भयो । ०६९ सालको शुरूवातसँगै 'अर्न्तराष्ट्रिय मापदण्डमा हाईवे' शिर्षकको समाचारबाट हाम्रो लेखन कार्यशुरू भएको थियो । जसमा नायिका जेसिका खड्काको निधनको समाचारलाई पाठकले अत्याधिक रूचि दिएर ज्यादा पढेको पाईयो । फिल्मीखबरले ब्रेकिङ गरेको यहि समाचार नै ०६९ सालमा सबैभन्दा बढि पढिएको समाचारको रूपमा रह्यो ।
नेपाली फिल्मको विकास र उन्नतीका साथसाथै सत्यतथ्य समाचार सम्प्रेषण गरेर सहि सुचना दिन हामीले हाम्रो लेखन कार्यलाई रोकेनौं । नेपाली फिल्मका सकारात्मक तथा नकारात्मक कुराहरूलाई हामी कुनै अफ्ठ्यारो नमानी पस्किरह्यौं । यिनै खबरहरूलाई पाठकहरूले औधी रूचाउनु भयो जसले गर्दा हामीलाई अझ अगाडी बढ्ने प्रेरणा मिलेको छ । आगामी दिनमा पनि यस्तै सत्यतथ्य समाचार तपाईं पाठकमाझ प्रस्तुत गर्ने वाचा गर्दछौं । तपाईंको यो साथ र सहयोग सदा मिल्नेछ भन्ने आश हामीले लिएका छौं । नयाँ बर्ष २०७० सालको शुभकामना सहित ०६९ सालमा अत्याधिक धेरै रूचाईएका 'टप टेन न्यूज'लाई तल प्रस्तुत गरेका छौं ।
-
Breaking : हिरोइनले आत्महत्या गरिन् / बालदीप राई प्रहरीको नियन्त्रणमा
- के गरेको शुष्मा यस्तो ?
- करिष्मा र राजेशको बादविवाद/ करिष्माले भनिन्- `महानायक हैन बाबाजी` (भिडियो सहित)
- विराज भट्टको श्रीमती पहिलो पटक मिडियामा सार्वजनिक
- ओर्जिनल फोटोमा यस्ती छिन् महानायकको गर्लफ्रेण्ड
- छोरीको किस सिनमा मैले पनि इन्जोए गरें : शिब रेग्मी (निर्देशक)
- हिरोईनहरुको श्रीमान् कस्ता छन् ?
- मेरो चरित्र हत्या गरियो : शुष्मा कार्की
- `एटिएम` अश्लिलताको पराकाष्टा !
- मायाज बार हेरेपछि राजेश हमालले के भने ?

