मिति : २०८२ ज्येष्ठ ५, सोमवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20107 - 20112 of 22624
फिल्मीखबर, काठमाण्डौ, २०६९ वैशाख ४, सोमवार

२०६८ सालको अन्त्य तिर मात्र नेपाली फिल्म इन्डट्रीले व्यापारिक सफलता हात पार्यो । तर ०६९ को शुरूवात मै नेपाली फिल्महरूले व्यापारिक सफलता हात पार्ने अनुमान लगाईएको छ ।

फिल्मीखबर, काठमाण्डौ, २०६९ वैशाख ४, सोमवार

मलेसियामा प्रिमियर भई दर्शकको राम्रो प्रतिक्रिया पाएको फिल्म 'के म तिम्रो साथी बन्न सक्छु' लाई इजरायलमा पनि रिलिज गरिंदैछ । आउँदो शुक्रबार इजरायलको बारबोर हलमा हुन लागेको फिल्मको बिशेष प्रदर्शनीका लागि निर्माता कृषा चौलागाईँ भोली साँझ त्यसतर्फ प्रस्थान गर्दैछिन् ।
 

फिल्मीखबर, काठमाण्डौ, २०६९ वैशाख ४, सोमवार

अफिशियल एनाउन्समा साहाना बज्राचार्य हिरोईन हुने कुरा थियो तर आन्तरिक विवादका कारण साहाना कलिउड बाट बाहिरीएपछि सो प्रोजेक्टमा मोडल सिम्पल खनाल अनुबन्धीत हुने कुरा सार्बजनिक भयो तर कलिउड सिक्काको पाटा पल्टिदै अन्तत सो प्रोजेक्टमा नम्रता श्रेष्ठ फाईनल भएकी छिन् ।

सुमन गैरे, काठमाण्डौ, २०६९ वैशाख ४, सोमवार

हामी बैबाहिक जीवनमा बाँधिएको पनि १५ बर्ष पुगेछ । थाहै भएन कसरी यो १५ बर्ष स्वर्णिम रूपमा बित्यो । सायद हामी बिचको बिश्वास, आश, भरोसा, सोचाई अनि बुझाई एउटै भएर होला हामी हरेक दिन खुसी र सुखी भयौं ।

फिल्मीखबर, काठमाण्डौ, २०६९ वैशाख ४, सोमवार

प्लानेट ३ फिल्म्सले आयोजना गरेको स्क्रिप्ट कम्पिटिशनमा अहिले सम्म ४० स्क्रिप्ट प्रतिष्पर्धाका लागि सहभागी भएको आयोजकले जनाएको छ । स्क्रिप्ट बुझाउन अझै १४ दिन बाँकी रहेकोले आयोजकले अझै धेरै स्क्रिप्ट आउने आश गरेको छ ।


 

फिल्मीखबर, काठमाण्डौ, २०६९ वैशाख ४, सोमवार

यहाँ रेटको कुरा गर्ने हो भने छोटो समयमा उदाएका आर्यन सिग्देलले आठ लिईसकेका छन् । तर २२ औँ बर्षदेखि संघर्ष गरिरहेका महानायक राजेश हमालको रेट भर्खर साढे तीन लाख पुगेको छ । त्यस्तै दशौ बर्षदेखि काम गरिरहेकी रेखा थापाले पनि भर्खरै आफ्नो रेट पाँच लाख पुर्‍याईन् तर उनको रेट बन्यो साढे चार लाखमा मात्र ।

Results : 20107 - 20112 of 22624