मिति : २०८२ ज्येष्ठ ५, सोमवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20101 - 20106 of 22624
फिल्मीखबर, काठमाण्डौ, २०६९ वैशाख ६, बुधवार

डान्स बारमा काम गर्ने युवतीहरुको यथार्थ घटनालाई चित्रण गरिएको फिल्म 'नाईट क्विन' जेष्ठ २६ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
 

फिल्मीखबर, काठमाण्डौ, २०६९ वैशाख ५, मंगलवार

फिल्ममेकर र काठमाण्डू मलमा सपिङ गर्न रूचाउने हरूलाई खुशीको खबर । स्थापनाको छ बर्ष भैसकेको शो मलमा फिल्म हल खोलिने भएको छ । शोभित बस्नेत निर्देशित फिल्म बरदान मार्फत प्रोड्यूसरको रूपमा परिचित बनेकी  कविता श्रेष्ठले काठमाण्डू मलको छैठौं तल्लामा फिल्म हल खोल्ने तयारी सुरू गरेकी छिन् ।

फिल्मीखबर , काठमाण्डौ, २०६९ वैशाख ५, मंगलवार

बैशाख १५ गते सार्वजनिक हुन लागेको फिल्म 'भैहाल्छ नी' सफा र सुन्दर शहरको अभियानमा लाग्ने भएको छ । काठमाण्डौ शहरलाई सफा राख्नु पर्छ भन्ने हेतुले फिल्म युनिटले शहरको कुनै कुनामा पनि आफ्नो फिल्मको पोस्टर नटाँस्ने भएको छ ।

फिल्मीखबर , काठमाण्डौ, २०६९ वैशाख ५, मंगलवार

२०५८ सालमा माया नमार फिल्मबाट संगीतकारमा डेब्यू गरेका सुरेश अधिकारीले फिल्म निर्देशनमा डेब्यू गर्दैछन् । यस अघि 'तिमी मेरो म तिम्रो' फिल्मबाट प्रोड्यूसरको समेत ट्याग भिरिसकेका अधिकारीले जेठको अन्तिम सातावाट आफ्नो निर्देशनमा कमेडी फिल्म 'आईडिया' बनाउँदैछन् ।

फिल्मीखबर, काठमाण्डौ, २०६९ वैशाख ५, मंगलवार

दुई हप्ते सेडुवल बनाएर थाईल्याण्ड गएको आगमन टोली स्वदेश फर्किएको छ । १२ दिन सम्म थाईल्याण्डको पटाया र बैङककमा सुटिङ भएको फिल्ममा सुवास थापा, सुष्मा कार्की अस्मिता कडेल सहित १० सदस्य जना रहेका  थिए  ।

फिल्मीखबर, काठमाण्डौ, २०६९ वैशाख ५, मंगलवार

एउटै समयमा सुटिङ शुरू गरि एकै दिन इण्डक्ल्याप गरिएको दुई फिल्म 'थ्री लभर्स' र 'फेसबुक' को रिलिज डेट पनि एउटै हुने भएको छ । नरेन्द्र महर्जनले वितरणको जिम्मा लिएको 'थ्री लभर्स' साउन १२ गते रिलिज हुने तयारीमा छ भने वितरक फाईलन नगरिएको 'फेसबुक' लाई निर्माता सुनिल कुमार थापाले साउन १५ गते रिलिज गर्ने तयारी गरेका छन् ।

Results : 20101 - 20106 of 22624