रिलिज भएको दुई महिना बित्न नपाउँदै फिल्म 'छड्के'को अनलाईन पाईरेसी भएको छ । नयाँ बर्ष २०७० साल शुरू भएलग्गतै युट्यूब मार्फत उक्त फिल्म पाईरेसी भएको हो ।
बर्ष ०६९कै सर्वाधिक ओपनिङ कलेक्सन गर्न सफल तथा दर्शक तथा समिक्षकबाट अत्याधिक गाली खाएको यो फिल्मको पाईरेसी हुँदा निर्माण युनिटलाई बैदेशिक मार्केटमा ठूलो धक्का लाग्ने भएको छ । सेन्सर गर्न बनाईएको यो फिल्मको कपि फाईल युट्यूबमा अपलोड भएको छ । पोष्टप्रोडक्सनबाटै यो फाईल पाईरेसी भएको देखिन्छ । पोष्टबाट नै कस्ले कपि गरेर पाईरेसी गर्यो त ? फिल्म निर्माण युनिटले यस बिषयमा ध्यान दिनु जरूरी छ ।
माधव वाग्ले र नरेन्द्र महर्जनले निर्माण गरेको पछिल्लो फिल्म 'छड्के'लाई निगम श्रेष्ठले निर्देशन गरेका हुन् जसमा सौगात मल्ल, रुविन तामाङ, दयाह्याङ राई, अर्पण थापा, नम्रता श्रेष्ठ, सुनिल पोखरेल, विपिन कार्की लगायतका कलाकाहरुको अभिनय हेर्न सकिनेछ । यो फिल्म अष्ट्रेलिया र युके बाहेक अन्य मुलुकमा रिलिज भएको छैन ।

