दशक अघिको चर्चित गीत 'साझा बसमा जो पनि चढ्दछ...' फेरी एक पटक हिट भएको छ । झण्डै बार्ह बर्षपछि सञ्चालनमा आएको सार्वजनिक यातायात साझा बसको उद्घाटन पश्चात हरिबंश आचार्य फेरी साझा बसमा आज हुईकिएका हुन् ।
पत्रकार देखि लिएर पाकेटमार सम्मका ब्यक्तिलाई लक्षित गरि तयार गरिएको यो गीत कालजयी थियो त्यसकारण आज हरेक मिडियामा यो गीतले प्राथमिकता पाएको छ । सरकारका मुख्य सचिव लिलामणी पौडेलले महजोडीको उपस्थितमा आज साझा बसको उद्घाटन गरेका हुन् । जस अनुरुप उद्घाटन पश्चात राष्ट्रका विशिष्ट ब्यक्तिहरु एक साथ साझा बसको ट्रायल ड्राईभमा हुईंकिएका हुन् ।

भोली बैशाख १ गते देखि राजधानीका दुई रुटमा नियमित रुपमा सञ्चालनमा हुने साझा बस ५४ सिट क्षमताको छ ।

