
निर्देशक तथा निर्माता केपी पाठकले राष्ट्रपती, प्रधानमन्त्री सहितका बिभिन्न पार्टीका नेता, स्वदेशी तथा बिदेशी कुटनितिज्ञ, मानवअधिकारकर्मी, नागरिक समाज, सहितका बिभिन्न सामाजिक संघसंस्थासँग आबद्ध प्रतिनिधीहरूलाई मैना हेर्न निमन्त्रणा गरेका छन् ।

अभिनेत्री मौसमी मल्ल आईतवार राति आईसियूमा भर्ना भएकी छिन् । लामोसमय देखि अस्वस्थ रहँदै आएकी मौसमीले आईतवार त निकै गार्हो भएकाले कलंकीको शहिद मेमोरियल अस्पतालमा भर्ना भएको बताईन् ।

फिल्म सुटिङका लागि अष्ट्रेलिया पुगेकी नायिका रीमा बिश्वकर्मा आफ्नो काम सकेर नेपाल फर्केकी छिन् । फिल्म 'ऋतु' युनिटले उनलाई शनिबार नेपाल पठाएको हो ।

नायक निखिल उप्रेतीको कान्छी श्रीमती सञ्चिता लुईटेलको गर्भबाट दोस्रो सन्तानको रूपमा जन्मेकी छोरी सहिसाको शनिबार राजधानीमा पास्नी अर्थात भात ख्वाई कार्यक्रम सम्पन्न गरियो । तर, छोरीको पास्नीमा बुबा निखिल भने उपस्थित भएनन् ।

फिल्मको सेन्सर गर्दा चलचित्र विकास बोर्डका एक सदस्यको उपस्थिती हुनु अनिवार्य छ । तर, शुक्रबार गरिएको रङ फिल्मको सेन्सरमा भने कुनै बोर्ड सदस्यको उपस्थिती रहेन । सेन्सर बोर्डका सदस्य नवराज आचार्यले बोर्डका सदस्य सचिव धनराज ज्ञवालीलाई खबर गरेको बताउँदै उपस्थिती नहुनुको कारण आफूलाई थाहा नभएको भन्दै पन्छिए । खबर गरिएको भए किन उपस्थित भएनन् त सदस्य ? प्रश्न गम्भिर छ ।

नेपाली फिल्मको बजार विस्तारै ग्लोबल मार्केटमा फैलिन थालेको छ । बिदेशमा फाट्टफुट्ट नेपाली फिल्म रिलिज हुने गर्थे तर अहिले भने नेपाली फिल्म नेपालमा भन्दा पहिला बिदेशमा रिलिज गर्न निर्माताहरू तम्सिएको पाईन्छ ।

