लघु फिल्मलाई प्रोत्साहन गर्ने उद्देश्यका राजधानीमा आयोजना गरिएको 'काठमाण्डौ सर्ट फिल्म फेस्टा'मा नेपालको शिक्षाको बिषयमा निर्माण गरिएको सर्ट फिल्म 'शून्य' उत्कृष्ट भएको छ ।
निर्देशक आकाश अधिकारी, ओम प्रतिक, सञ्चारकर्मी दीपेन्द्र लामा र महिला छायाँकार सवनम मुखियाको निर्णायक मण्डलीले हिरन श्रेष्ठ निर्देशित ५ मिनेटको शून्यलाई उत्कृष्ट सर्ट फिल्म घोषित गरेको हो । उक्त सर्ट फिल्मले १० हजार रूपैंया नगद प्राप्त गरेको छ ।
यस्तै शिक्षामा चौंरी भन्ने मुख्य थिममा आधारित रहेर सैलुङको चौंरी व्यवसाय र त्यहाँको जनजीवनलाई चित्रण गरेर निर्माण गरिएको 'चौंरी गोठ तर छैन'ले डकुमेन्ट्री तर्फ उत्कृष्ट भएको छ । गोविन्द नेपालले निर्देशन गरेको यो डकुमेन्ट्रीले पनि १० हजार रूपैंया नगद प्राप्त गरेको छ ।

प्रतिष्पर्धाका लागि भाग लिएका ३६ सर्ट फिल्म तथा डकुमेन्ट्रीबाट 'द वाईन ओपनर'ले जुरी अवार्ड पायो भने 'अन्तिम सन्देश'ले प्रोत्साहन अवार्ड पायो । त्यस्तै महायात्रा नामक डकुमेण्ट्रीले बेस्ट म्यासेजको अवार्ड पायो भने 'मेप्वाया'ले पब्लिक च्वाईस अवार्ड पायो । गत शुक्रबारबाट तीन दिन सम्म चलेको यो फेस्टिभललाई छायाँछबिले आयोजना गरेको हो ।

