फिल्मकर्मीहरुको नजरमा प्यारा बन्दै गईरहेका युवा ज्योतिष हरिहर अधिकारीले बर्ष २०७०मा नेपाली फिल्म ईन्डष्ट्री कस्तो हुन्छ भन्ने भबिष्यबाणी गरेका छन् ।
विभिन्न तर्क दिदै उनले बर्ष ०७० फिल्मकर्मीहरुका लागि सुखद हुने बताएका छन् । फिल्मीखबरसंगको एक भेटमा अधिकारीले अंकगणितको हिसावमा २०७०को नतिजा ९ निस्कने भन्दै यो बर्ष फिल्म क्षेत्रमा सुखद वातावरण आउने बताउछन् । उनका अनुसार अंकविज्ञानबाट २०७० लाई जोड गर्ने हो भने ७ जोड २ नौ हुने गर्छ र ९ लाई अंक विज्ञानले अत्यन्त राम्रो अंक मान्छ ।
नव ग्रहसंग आधारित भएका कारण पनि यो अंकलाई सफलताको अंक भन्ने गरिएकाले यो बर्ष सुखद रिजल्ट फिल्मकर्मीहरुले पाउने उनको तर्क छ । यसैगरी अंक विज्ञानकै प्रसंगमा १२ महिनाको हिसाव गर्ने हो २०७०मा पौष सवैभन्दा राम्रो महिनाको रुपमा पर्ने उनको भनाई छ । अधिकारीका अनुसार पौष महिनामा फिल्म क्षेत्रले कुनै बिशेष सफलता हासिल गर्ने छ । बर्ष ७०मा म्यूजिकल फिल्म निर्माणसंगै प्रदर्शन भएमा त्यसको सफलता पनि अग्रणी स्थानमा रहने ज्योतिष बताउछन् ।
बर्ष ०७०मा धेरै परिवर्तनहरु आउनुमा बृहस्पति ग्रह राजा भएर रहनु र शनि ग्रह मन्त्री भएर बस्नु अधिकारीको भनाई छ । शनिले बिदेश र विदेशी बिषय हेर्ने भएकाले नेपाली फिल्महरु यस बर्ष विदेशी भूमिमा ज्यादा चल्ने छन् । यस्तै शनिकै प्रभावका कारण बर्ष ७०मा विदेशी प्रविधिहरु नेपालको फिल्मी बजारमा भित्रने पनि योग रहेको छ । तर शनिका कारण बर्ष ०७०मा फिल्म क्षेत्रमा दुर्घटनाको योग भएकाले शनिको महिना भनेर चिनिने माघ र फाल्गुन महिनामा बिशेष ध्यान दिएर ठूला–ठूला कार्यहरु गर्दा सावधानी अपनाउनु पर्ने ज्योतिष बताउछन ।
यता राजा बृहस्पतिका कारण धर्म,कर्म, मान, मर्यादा, शिक्षा मुलक, समाज र पारिवारिक स्थितीसंग सम्बन्धी कथाबस्तुमा आधारित फिल्महरुको तारिफ यस बर्ष हुने एस्ट्रोको लजिक छ । बृहस्पति ग्रहको प्रभावका कारण भाद्र, पौष र चैत्रमा रिलिज हुने डकुमेन्ट्री तथा फिल्महरुले मानसम्मान पनि पाउने योग देखाएको अधिकारी बताउछन् ।
फिल्म क्षेत्रमा २०७० को सुरुवाती महिनाहरु बैशाख जेष्ठ र असार सहज तरिकाले अघि बढ्ने छ । श्रावण महिनामा यदि बालबालिका लक्षित गरेर बनाईएका फिल्महरु रिलिज भएमा ती फिल्महरुको सफलता पनि देखिने ज्योतिष बताउछन् ।
फिल्म क्षेत्रमा २०७० को सुरुवाती महिनाहरु बैशाख जेष्ठ र असार सहज तरिकाले अघि बढ्ने छ । श्रावण महिनामा यदि बालबालिका लक्षित गरेर बनाईएका फिल्महरु रिलिज भएमा ती फिल्महरुको सफलता पनि देखिने ज्योतिष बताउछन् ।
महिनाको तर्कमा असोज कात्तिक र मंसिरमा शुक्र र मंगलग्रहको प्रभावका कारण एक्सन फिल्महरु जस्तै: लडाई झगडा काटमार जस्ता बिषयबस्तु समावेश भएका फिल्महरुको रिजल्ट पोजेटिभ आउने ज्योतिषको तर्क छ । यध्यपी शनिको कारण यी फिल्महरुको निर्माण एवं प्रदर्शनमा केही बाधा पनि आउने देखिने उनी बताउछन् । अधिकारीले फिमेल ओरेन्डेट र कमेडी जेनरका फिल्महरुले पनि यो बर्ष पूर्ण सफलता प्राप्त गर्ने योग रहेको बताएका छन् ।
यी बाहेकका अरु महिनाहरु समान्य तरिकाले अघि बढ्ने उनको भनाई छ । ईकोनोमिक एंगलतर्फ ज्योतिषको कम्पास घुमाउने हो भने बर्ष ०७० समग्रहमा सामान्य रहने उनको ठम्याई छ । बर्ष २०७०का लागि लक्की नामाक्षरहरु क,ग,स,म,ह,र,प,ल,भ रहने हरिहरको भनाई छ । उनका अनुसार यी नौ नामाक्षरबाट फिल्महरुको नाम जुराएमा प्रोडक्सन र एक्सीवेसनमा सहजताका साथै व्यावसायिक फाईदा करिब निश्चित छ ।
बर्ष २०७०मा फिल्म प्रोडक्सन एवं एक्जीवेशनको क्रममा सर्वार्थ सिद्धी योग (कुनैपनि कार्य गर्दा सफलता प्राप्त हुने योग)को पालना गरी फिल्मको शुभ मुहूर्त, प्रेस मिट लगायतका अन्य कार्यक्रम गरेमा सफलता प्राप्त हुने हुदा बर्ष ०७०मा परेका सवार्थ सिद्धी योगहरुलाई मध्यनजर गरी शुभकार्य गर्न सुझाव दिएका छन् ज्योतिष अधिकारीले । २०७०का बार्ह महिनामा परेका सर्वार्थ सिद्धी योगहरु निम्नलिखित छन् ।
बैशाख : २,५,२०,२२,२६,२७ र ३० गते
जेष्ठ : २,५,१०,१२,१९,२१ र ३० गते
असार : २,७,९,१६,१७,१९ र ३० गते
श्रावण : ३,४ र १३ गते
भाद्र : २,३,९,११,१२,१७,२३,२६,२७,३० र ३१ गते
असोज : ६,७,९,११,१३ र १४ गते
कात्तिक : १,६,७,१०,१७,२३,२७ र २९ गते
मंसिर : ३,५,६,७,२१ र २२ गते
पौष : १,४,१५,१९ र २७ गते
माघ : २,७,१७,२५,२७ र २१ गते
फाल्गुन : १,४,७,११,१७ र २४ गते
चैत्र :२,७,९ र १३ गते
नोट : माथिका मितिहरुलाई आधार मानी शुभकार्य सुरु गर्दा बाधाहरु पर्दैनन् । तर बाधाहरु पर्दैनन भन्दैमा चलचित्रक्षेत्रसंग सम्बन्धीत ब्यक्तिहरुको पनि आ–आफ्नो ग्रह अवस्थाले पनि सफलतामा प्रभाव पार्ने गर्दछ । तसर्थ शुभकार्य सुचारु ग्र्दा आफ्नो ग्रहअवस्थाको पनि जानकारी राख्दै कार्यहरु गर्नु अझ राम्रो ।

