Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

नयाँ बर्षमा उर्लिए दर्शक

अर्पण ढकाल, धरान, 2013/04/14
गत शुक्रबारबाट प्रदर्शनमा आएका दुई फिल्म 'हमेशा' र 'नोटबुक' हेर्न आईतवार देशभरका हलमा दर्शकको ओईरो लागेको छ । शुक्रबार र शनिबार राम्रै व्यापार गरेका यि दुई फिल्मले नयाँ बर्षको दिन आज आईतवार उत्साहजनक व्यापार गरेको वितरकहरूको भनाई छ । धेरै पछि फिल्मले हलमा दर्शकको खचाखच उपस्थित बनाईदिदा हल संचालक एवं वितरक पनि खुसि छन् ।
 
 
पुर्वको आधा दर्जन भन्दा बढी हल मार्फत रिलिजमा आएको फिल्म नोटबुक हेर्न दमक, धरान, बिर्तामोड लगायतका हलमा बाक्लो संख्यामा दर्शकको उपस्थ्ति रहेको थियो । दमकको हलमा स्थलगत रिपोर्टिंग गर्न पुगेका फिल्मीखबरका सहकर्मी सुशील कार्कीका अनुसार झन्डै ३०० दर्शक नोटबुक फिल्म हेर्न नपाएर फर्केको जानकारी गराए । यता धरानको गणेश टाकिजमा समेत शो सुरु हुनु आधा घण्टा अगाडी नै हल हाउसफुल हुनाका साथै ब्ल्याकमा टिकट समेत बिक्रि भएको थियो ।
 
 
 
 
नोटबुकसंगै रिलिजमा आएको फिल्म हमेशाको पनि कलेक्सन उत्साहजनक छ । देशका कति स्टेशनमा हमेशाको कलेक्सन अगाडी छ भने कति स्टेशनमा नोटबुक पल्टाउन दर्शकको भिड रहेको पाईएको छ । फिल्मको वास्तविक क्यास कलेक्सनको रिपोर्ट नखुलाए पनि फिल्मले दर्शकको राम्रै साथ पाएको छ । 'एउटा मात्र फिल्म चलेको भए निर्माताले पैसा मज्जाले नै कुम्ल्याउने रहेछन्,' निर्माता तथा हल व्यवसायी प्रदीप उदयले भने ।
 

 
हमेशाका निर्माता छबिराज ओझाले देशभर आफ्नो फिल्मको कलेक्सन माथी रहेको दाबि गरिरहँदा नोटबुक निर्माता प्रज्ञा जोशी पनि हमेशालाई टक्कर दिईरहेको बताईन् । 'नोटबुक हेर्न नसोचेको दर्शक आएको देख्दा निकै खुसी लागेको छ,' नोटबुक निर्देशक योगेश घिमिरेले भने- 'जति दर्शकले हेर्नुभएको छ ति मध्ये अधिकांशले फिल्मलाई अत्याधिक मन पराईदिनु भएको छ ।'
 
 
कलेक्सनमा कुन फिल्म माथी छ त्यो भोलीका दिनमा आउने टोटल ग्रस कलेक्सनले बताउने नै छ तर फिल्म प्रति दर्शकले देखाएको यो उत्साहले निर्माताहरूलाई भने हौसाएको मात्र हैन जोश र जाँगर सहित केहि नयाँ आश पनि जगाएको छ ।