Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

सुवासको स्क्रिप्टमा अराजको डेब्यू : फिल्मको नाम `बिर्खेलाई चिन्छस् ?`

फिल्मीखबर, काठमाण्डौ, 2013/04/14

सुरज सुब्बा नाल्बोको ६ वटा फिल्ममा चिफ एसिस्टेन्ट डाईरेक्टर भई अनुभव संगालेका अराज केशवले सुवास थापाको स्क्रिप्टलाई फिल्ममा उतार्ने निर्णय गरेका छन् । भिजिलान्ते हिरो सुवास र अराज बीच यो फिल्म निर्माणका लागि आउदो जेठ महिनाको फष्ट वीक भित्र फ्लोरमा जाने सहमति नयाँ बर्षमा भएको हो ।

 

'मेरो कथामा म आफैले लेखेको स्क्रिप्ट अराजलाई दिने निर्णय गरेको छु,' सुवासले फिल्मीखबरलाई जानकारी गराए । यता अराजले पनि पर्फेक्ट हिरोको पर्फेक्ट स्क्रिप्ट पाएपछि करिब फाईनल गरेको हाईज्याक स्टोरीको फाईल बन्द गरेका छन् । 'हाईज्याकबाटै डेब्यू गर्ने भन्ने थियो तर यो स्क्रिप्ट हातपरेपछि हाईज्याक स्टोरी केही समय धकेलिएको छ,' अराजले भने ।

 

एक्सन कमेडी अराजको फिल्मको टाईटल ‘बिर्खेलाई चिन्छस् ?’ जुराईएको छ । फिल्ममा सुवास सहित विल्सन विक्रम राई र अनुरागमान सिंह कुँवर लिड रोलमा फाईनल भएका छन् । यस्तै एक्सनका लागि रोशन श्रेष्ठलाई लक गरेको जानकारी दिईएको छ । हिरोईन चाहि खोजीको क्रममा रहेको अराजको भनाई छ । यो फिल्म डिडि प्रोडक्सनको ब्यानरमा फ्लोरमा जाने छ । फिल्मको बजेट पनि औसत नै रहने प्रारम्भिक अनुमान गरेका छन् हुनेवाला निर्देशक अराज केशवले ।