Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

वितेका पलको १२ हजार अडियो सिडी बिक्री !

फिल्मीखबर, काठमाण्डौ, 2013/04/16

प्रदर्शनको लागि तयारी भईरहेको फिल्म 'वितेका पल'को अडियो सिडी भारतिय मुलुक सहित युरोप र अमेरिकामा १२ हजार पिस बिक्री भएको निर्माता राजेश घतानीले बताए । सुटिङ शुरू हुनु पूर्व नै भारतको दार्जिलिङमा सिडी विमोचन गरेका राजेशले त्यो बेला नै गीतको अत्याधिक डिमान्ड आएको बताएका थिए ।

 

पछिल्लो समय फिल्म होस् या एल्बम अडियो सिडीको मार्केट खस्किरहेको अवस्थामा आफ्नो फिल्मको अडियो सिडी बिक्री भएको देख्दा निर्माता घतानी दंग छन् । बिशेषगरि फिल्मको 'जब साँझ पर्छ' बोलको गीतलाई अत्याधिक रूचाएको पाईएको उनको भनाई छ । 'गीतको प्रतिक्रिया राम्रो पाएका छौं । फिल्मलाई पनि यसरी नै मन पराईदिनु हुनेछ भन्ने हाम्रो विश्वास छ,' राजेशले भने ।

 

नयाँ बर्षको अवसर पारेर हिजो आईतवार अमेरिकाको वासिङटन स्याटलमा एक कार्यक्रमका विच वितेका पलको अडियो समेत विमोचन गरियो । अडियो विमोचन पश्चात सिडीको स्टल राख्दा ३०० प्रति अडियो सिडी बिक्री भएको अमेरिकामा नै रहेका फिल्म निर्माता क्रिष रिजालले फिल्मीखबरलाई जानकारी गराए । 'यहाँ दर्शकहरू फिल्म हेर्न निकै आतुर हुनुहुन्छ,' क्रिषले भने । यस्तै अमेरिकाका अन्य थुप्रै स्टेटमा फिल्मको अडियो सिडी पुर्‍याउने उनको भनाई छ ।

 

यस्तै जर्मनीमा आयोजना गरिएको नयाँ बर्षको एक कार्यक्रममा पनि निर्देशक सुरज सुब्बा 'नाल्बो'को उपस्थितीमा अडियो विमोचन गरिएको छ । उक्त स्थानमा पनि फिल्मको अडियोलाई निकै रूचाईएको निर्माता राजेशले बताए । सात वटा गीत समावेश यो फिल्ममा बाबु बोगटी, डम्बर नेपाली र रोशन लामाको संगीत रहेको छ । राजेश घतानीको कथा र निर्देशक सुब्बाको पटकथा तथा संवाद रहेको यो फिल्ममा बाबु बोगटी, केकी अधिकारी र अबिनाश गुरूङको अभिनय रहेको छ ।