
संकटकालको समयमा घेटेको एक सत्य घटनामा आधारित फिल्म मैनाको प्रिमियर शोमा राष्ट्रपति देखि लिएर प्रधानमन्त्री तथा राजनीनितिक क्षेत्रका विशिष्ट ब्यक्तिहरुको उपस्थिती हुने बताईए पनि त्यो उपस्थिती शून्य देखियो ।

'बैंशले हो कि लाजैले हो यो कान्छिको गाला रातै....' नायक जीवन लुईटेलले नायिका नीता ढुंगानालाई फिल्म नोटबुकमा भएको गीतको एक अंश हो । चैत्र ३० गते रिलिज हुन लागेको नोटबुकको प्रस्तुत गीत आज सार्वजनिक गरिएको हो ।

नेपाल चलचित्र उपकरण व्यवसायी संघको दोस्रो बार्षिक साधारण सभा राजधानीमा सम्पन्न भएको छ । सोमबार अनामनगरमा आयोजित उक्त सभाले नयाँ कार्यसमिती समेत चयन गरेको छ ।

'मध्यपश्चिम क्षेत्रमा नै पहिलो पटक सिमामा सदभाव' भन्ने नाराका साथ नेपालगञ्जमा शुरु भएको प्रथम इण्डो नेपाल खेलकुद तथा अर्न्तराष्ट्रिय स्तरको सांगीतिक कन्सर्टमा सहभागी हुन नेपालका चर्चित कलाकारहरु नेपालगञ्ज आएका थिए ।

फाल्गुन ४ गते रिलिज हुन लागेको फिल्म मैनाकी मुख्य पात्र अनिता केसी अहिले खुसी पनि छिन् र दु:खी पनि । खुसी यसर्थमा उनले मैनाको घटनालाई नजिकबाट बुझ्ने मौका पाईन र फिल्म मार्फत दर्शकसामु मैनाको रूपमा उभिन पाईन् । दु:ख यसार्थमा अझै पनि मैनाको घटनाले उनलाई सताईरहेको छ र उनको परिवारको पिडा उनले मसहुस गरिरहेकी छिन् ।

गत असार महिनामा नेपालमा खोलिएको मालतीको भट्टी हिजो आईतवार अष्ट्रेलियाको केन्स सिटीमा पनि खोलियो । नेपाली भाषी भुटानीहरूको बाहुल्यता रहेको उक्त सिटीको ब्रदर्श लिग इन्टरटेन्मेन्ट क्लबमा पहिलो पटक यसरी नेपाली फिल्म देखाईएको हो ।

