
चपली हाईटबाट रातारात चर्चामा आएकी नायिका बिनिता बराल तथा अन्दाज र रावणबाट चर्चामा आएक नायक सबिन श्रेष्ठको अनस्क्रिन रोमान्सलाई देख्न पाईने भएको छ ।

चलचित्र विकाश वोर्डको आयोजनामा राजधानी बाहिर पहिलो पटक सुर्खेतको बिरेन्द्रनगरमा राष्ट्रिय स्तरको चलचित्र महोत्सव–२०६९ शुरु भएको छ । जिल्ला विकास समितिको खुल्ला मञ्चमा आयोजना गरिएको महोत्सवको पर्यटन तथा नागरिक उड्यनमन्त्री लोकेन्द्र विष्ट मगर र शान्ति तथा पुनर्निर्माण मन्त्री सत्या पहाडीले संयुक्त रुपमा पानसमा दियो वाली उद्घाटन गरे ।

मुलधारे निर्देशक ऋषि न्यौपाने पनि परिवर्तनको संघारमा रहेका छन् त्यसैले उनले परम्परागत टाईटल ज्वालालाई परिमार्जित गर्दै फिल्मको टाईटल लक जुराएका छन् । एक महिना यता फ्लोरमा रहेको सो फिल्म शनिबार प्याकअप भएको छ ।

हिरो मुकेश ढकालका लागि आजको दिन दुई कारणले विशेष हुनेछन् । कारण आज उनको बर्थ डे परेको छ भने आजै आमाको मुख हेर्ने दिन । त्यसैले उनी भन्दै थिए, 'आज बर्थ डे र आमाको मुख हेर्ने दिन संगै परेकाले निकै खुशी छु ।'

बजेट कम भएको भन्दै अन्य कलाकारहरूलाई १८ घण्टाको बस यात्राबाट सुर्खेत लगेको चलचित्र बिकास बोर्डले रेखा थापाको आमा र चेतन सापकोटाको बुवालाई भने सरकारी खर्चमा प्लेन चढाएर सुर्खेत लगेको छ ।

बैशाख पन्ध्र गतेदेखि फ्लोरमा जाने तयारीमा रहेको केशव भट्टराईको छैठौं फिल्म 'सो सिम्पल' को शुभमुर्हुत गरिएको छ । शुक्रबार बिहान ललितपुर स्थित महालक्ष्मी स्थान मन्दिर परिसरमा नाम चलेका फिल्मकर्मीको उपस्थितिमा सो फिल्मको मूर्हत गरिएको हो ।