गीतकार संघका महासचिव विपिन किरणले संगीतकार बसन्त सापकोटाले गीतकार राजेन्द्र थापासंगको पारिश्रमिक विवादमा आफूलाई मुछेको बिषयमा आपत्ती जनाएका छन् ।
नोटबुकको गाला रातै बोलको गीत रेकर्ड भएको एक बर्षसम्म पनि पारिश्रमिक नपाएपछि गीतकार राजेन्द्र थापाद्धारा बाहिरिएको असन्तुष्टीमा संगीतकार सापकोटाले विपिनलाई जोडेर आफूलाई बचाऊ प्रयास गरेका थिए तर सापकोटाले गीतकार थापाको पैसा हिजो मात्र पठाएको विपिनले बताएका छन् । 'तपाईकोमा न्यूज हेर्दा त मैले पैसा खाए जस्तो देखियो तर बास्तविकता चाहि राजेन्द्र दाईलाई दिनु भनेर बसन्तजीले हिजो मात्र पैसा पठाईदिनु भएको थियो । त्यसकारण मलाई विवादमा मुछ्न पाईदैन,' विपिनको भनाई छ ।
थापाको पारिश्रमिक हिजो लाष्ट आवरमा संघको कार्यालय अनामनगरमा आएकाले हिजै थापालाई दिन नसकिएको विपिनको भनाई छ । उनले भनेका छन्- 'हिजो दिनभर म पनि ब्यस्त थिएँ र राजेन्द्र दाईलाई खबर गर्न नपाएको चाहि हो तर आज बिहानै मैले खबर गरिदिएको छु ।' यस्तै संगीतकार सापकोटाले हिजो राति फिल्मीखबरसंगको फोन सम्बादमा राजेन्द्रको पारिश्रमिक केही दिन अघिनै विपिनलाई दिएको बताएका थिए तर आज बिहान फिल्मीखबरमा न्यूज सार्वजनिक पश्चातको फोन सम्बादमा चाहि आफ्नै भनाईलाई आफैले काट्दै सापकोटाले राजेन्द्रको पाँच हजार पारिश्रमिक हिजो दिएको तर्क गरेका छन् ।
यसअघि प्रकाशित समाचार हेर्न तलको हेडलाईनमा क्लिक गर्नुहोला !
गाला रातैका संगीतकार राजेन्द्र थापाको नजरमा गिरे

