Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

गाला रातैका संगीतकार राजेन्द्र थापाको नजरमा गिरे

अनुप भट्टराई, काठमाण्डौ, 2013/04/16

काम राम्रो मात्र गर्नु उसको सफलता हैन काम अर्न्तगतको ब्यबहार राम्रो गर्ने चाहि एउटा पूर्ण सफल मान्छे हो । तर काम राम्रो गरेपनि ब्यबहार राम्रो नगर्दा संगीतकार बसन्त सापकोटा बरिष्ठ गीतकार राजेन्द्र थापाको नजरमा गिरेका छन् ।


बजारमा हिट नम्बरमा रहेको नोटबुकको 'गाला रातै..' बोलको गीत सुनेर वा हेरेर तपाईलाई जति आनन्द लिईरहनु भएको छ त्यतिनै बढी पिढा यसका गीतकारलाई परेको रहस्य बाहिरिएको छ । विगत ४४ बर्षदेखि गीत लेखनको विद्यामा सफल रहेका गीतकार राजेन्द्र थापालाई नोटबुकका संगीतकारले एक बर्षदेखि झुलाएको रहस्य हामीले थाहा पाएका छौ ।


झण्डै एक बर्षअघि गीतकार थापाले लेखेको गीतको पाँच हजार पारिश्रमिक नपाएपछि उनको गुनासो बाहिरिएको हो । 'फिल्ममा कमब्याक होउँ भनेर आएको यस्तो ताल छ,' नोटबुकको स्पेशल शोमा पुगेका थापाले आफ्नो पिडा फिल्मीखबरसमक्ष पोखे । धेरै बर्षदेखि योगदान रहेपनि उनले एउटा गीत लेखे बापतको पाँच हजार मात्र रुपैयामा लिने गर्छन् जुन रकम नोटबुकका संगीतकारले एक बर्षदेखि नदिएपछि उनी पिडामा परेका हुन् ।

 


'हामीले उहाँको ठेक्का बापतको पुरै रकम एक बर्षअघि नै दिएका हौं, तपाईले भनेपछि अब यो बिषयमा हाम्रो ध्यानकार्षण भएको छ,' निर्देशक योगेश घिमिरेले भने । यता संगीतकार सापकोटाले चाहि सुरुमा अनभिज्ञता प्रकट गर्दै थापाको पारिश्रमिक अर्का गीतकार विपिन किरणको हातबाट दिन पठाईसकेको बताउदै आफूलाई बचाऊ गरेका छन् । कहि नभएको जात्रा हाडिगाँउमा भने जस्तै सापकोटाले फिल्म रिलिज हुने अन्तिम घडीमा मात्र विपिनको हातमा थापाको पारिश्रमिक पठाएको तर्क गरेका छन् । तर, थापाले अझै पारिश्रमिक नपाएको गुनासो पोखेका छन् हामीसंग । विपिनको हकमा उनलाई पटक पटकको फोन सम्पर्क प्रयासमा उनको फोन रिसिभ भएको छैन ।


नोट :बायोबृद्ध थापाले नोटबुकबाट नपाएको पारिश्रमिक गुनासोलाई केबल ट्रेलरको रुपमा हामीले यहाँ प्रस्तुत गरेका छौ । यो फिल्म बाहेक अन्य फिल्महरुमा गीत लेखे बापत पनि उनलाई प्रोड्यूसर र म्यूजिशियनले ठगेको रहस्यहरु हामीसंग छन् र ती न्यूज क्रमश फिल्मीखबरमा प्रकाशित हुदै जानेछ ।