Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`विश्व बौद्धिक सम्पती दिवस` मनाईने

फिल्मीखबर, काठमाण्डौ, 2013/04/18

संगीत रोयल्टी संकलन समाज नेपालले वैशाख १३ गतेका दिन राजधानीमा ‘विश्व बौद्धिक सम्पती दिवस’लाई सेलिब्रेट गर्ने भएको छ । बिहिबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि समाजले सर्जकहरुको सृजनालाई सम्मान यो दिवस मनाउन लागिएको जानकारी गरायो ।

 

उक्त अवसरमा सर्जकहरुले पाउने बौद्धिक सम्पत्तीको अधिकारका बिषयमा बहस गर्ने तथा सम्पूर्ण सर्जकहरूले आफ्नो सृजना सुरक्षित गर्न र सरकारलाई निति कार्यन्यवनमा ल्याउनका लागि सरकारलाई दबाब दिन वैशाख १३ गते बिहान सरकारलाई दबाब दिन प्रभातफेरी र्‍याली निकाल्ने भएका छन् । संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीले सम्पूर्ण सर्जकहरूलाई उक्त र्‍यालीमा सहभागी हुन आग्रह गरेका छन् ।

 

बिहान ८ बजे भृकुटीमण्डबाट शुरू हुने प्रभातफेरीमा सहभागी संगीतकर्मीहरूले शहरपरिक्रमा गर्ने क्रममा बसन्तपुरमा पुगी पुनः भृकुटीमण्डपमा आएर समापन गर्ने अध्यक्ष अधिकारीले बताए ।