Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(8 votes, avg 4.38/5.00)
Text size:-
+
-

भाष्करकी `सुन्तली` प्रियंका

फिल्मीखबर, काठमाण्डौ, 2013/04/18

यसअघि कागवेनी र सानो संसार निर्माण गरेर भाष्कर ढुंगाना फिल्म निर्देशनमा आउँदैछन् । मे महिनाको पहिलो साताबाट सुटिङ शुरू गर्ने गरि भाष्करले आफ्नो फिल्मको नाम 'सुन्तली' जुराएका छन् ।

 

थ्री लभर्स फिल्म डेब्यू नायिका प्रियंका कार्कीलाई भाष्करले आफ्नो फिल्मको सुन्तली बनाउने भएका छन् । शिर्ष भुमिकामा प्रियंका अनुबन्धित भएकी छिन् भने अर्पण थापा र खगेन्द्र लामिछाने पनि सुन्तलीका मुख्य क्यारेक्टरमा अनुबन्धित भएका छन् । गत बैशाख १ गतेबाट राजधानीको सर्वनाम थिएटरमा यि कलाकारहरूले सुन्तलीका लागि पूर्वतयारी गरिरहेका छन् ।

 

मेरो बेस्ट फ्रेण्ड, कलिउड, भिजिलान्ते, झोले जस्ता फिल्ममा समेत अभिनय गरिसकेकी प्रियंकाले सुन्तलीमा निर्वाह गर्ने भुमिका बिल्कुलै नयाँ भएकाले निकै उत्साहित भएको बताईन् । उनले भनिन्- 'ग्ल्यामर नायिकाको रूपमा आईरहँदा दर्शकले सुन्तलीमा मलाई टिपिकल गाउँले युवतीको रूपमा पाउनु हुनेछ ।' तनहूँको बन्दीपुरमा सुटिङ हुने यो फिल्ममा प्रियंकाले सोझी गाउँले चञ्चले युवतीको भुमिका निर्वाह गर्नेछिन् ।

 

निर्देशक बन्न लागेका भाष्करकै कथा रहेको यो फिल्मको पटकथा तथा संवाद प्रविण अधिकारीले तयार पारेका छन् । नेपालमा डिजिटल प्रबिधि भित्र्याउन ठूलो योगदान दिएका भाष्करले कागवेनी र सानो संसार निर्माण गरेपश्चात फिल्म सम्बन्धि अध्ययन गर्न चेक रिपब्लिक पुगेका थिए । भाष्कर अहिले डिसिएन र क्यूएफएक्समा आबद्ध छन् भने फिल्मको निर्माण पनि यिनै कम्पनीले गर्ने सम्भावना देखिएको छ ।