भोली शुक्रबारबाट प्रदर्शनमा आउने भनिएको तुलसी घिमिरे निर्देशित फिल्म 'दृष्टिकोण'लाई गत शुक्रबार रिलिज भएका दुई फिल्म हमेशा र नोटबुकले धकेल्दिएका छन् । यि दुई फिल्मले दोस्रो साताको यात्रा तय गरेपछि 'दृष्टिकोण' अनिश्चित समयका लागि धकेलिएको हो ।
'अधिकांश हलमा हाम्रो फिल्म लाग्ने भएकाले सल्लाह गरेर नै तुलसी दाईको फिल्मलाई सारेका हौं,' हमेशाका निर्माता छबिराज ओझाले भने- 'हाम्रो उद्देश्य कुनैपनि निर्माता नडुबोस् भन्ने हो ।' यस्तै उनले आफ्नो फिल्मले बाजी मारेको समेत बताए । 'देशभरका सबै स्थानमा हामी कलेक्सनमा अगाडी छौं,' उनले भने । आफ्नो फिल्मको कलेक्सन पनि उत्साहजनक रहेको नोटबुक निर्माता प्रज्ञा जोशीले बताईन् ।
लगानीका हिसाबले हमेशाको तुलनामा नोटबुकले आक्रमक बिजनेश गर्नुपर्ने थियो तर त्यो भने देखिएन । दोस्रो सातामा राम्रै व्यवसाय गरेको खण्डमा हमेशालाई लगानि उठाउन गार्हो नपर्ला तर नोटबुकलाई भने हम्मे हम्मे पर्ने देखिन्छ । नोटबुकका निर्देशक योगेश घिमिरेले भने बिदेशी बजारमा आफ्नो फिल्मको मार्केट देखेकाले लगानी उठाउन गार्हो नपर्ने बताए ।
दृष्टिकोण रिलिज नहुने भएपछि भोलीबाट बधशाला नयाँ फिल्मको रूपमा सिङ्गल रिलिज हुनेछ तर राजधानीमा मल्टिप्लेक्स बाहेकका अन्य गतिला हल भने नपाउने भएको छ ।

