पछिल्लो समय आफ्नो बसाईलाई दिल्ली बनाएका नीर शाह यति खेर नेपालमा छन् । एक हप्ताअघि काठमाण्डू आएका शाहलाई नचाहँदा नचाहँदै निर्माता संघको चुनावी गर्मीले छोएको छ ।
आफ्नो सालो (श्रीमतीले भाईटिका लगाएर बनाएको धर्म भाई) अशोक शर्मा फेरी संघको अध्यक्ष पदमा उठ्ने कसरत भईरहेका बेला आज दिउँसो डिसिएन कार्यालयमा झुल्किएका संघका पूर्व अध्यक्ष शाहले चाहना विपरित निर्माता संघको निर्वाचनमा सहभागिता जनाउने प्रतिबद्धता जनाएका छन् । 'मैले पहिले देखि भन्दै आएको थिएँ हाम्रो क्षेत्रमा निर्वाचन हुनु हुँदैन किनकी अहिले पनि डिभाईडेड मेन्टालिटी बोक्नु हुँदैन । त्यसकारण निर्वाचन हुनु हुँदैन भन्ने पक्षमा छु म,' शाहले फिल्मीखबरसंगको छोटो कुराकानीमा आफ्नो भनाई सार्वजनिक गरेका छन् ।
शाहले न्याच्युरल सिनियारिटीको आधारमा नेतृत्व चयन गर्ने र सोही अनुरुपको टिम छनौट गरी कार्यसमिति निर्माण गरेमा उद्योगलाई फाईदा हुने तर्क गरेका छन् । यो फर्मुला हरेक संघसंस्थामा लागु गर्नेु पर्ने उनी बताउँछन् । २१ गते हुने साधारणसभा सम्म अब उनी काठमाण्डू बस्नेछन् त्यस पश्चात चौधरी ग्रुपले दिएको कन्ट्रीडाईरेक्टरको कुर्सी सम्हाल्न उनी पुन: भारत जानेछन् ।
२१ गते हुने चुनावी साधारणसभाका लागि आन्तरिक रुपमा अशोक शर्मा र राजकुमार राईको दुई प्यानल देखिएको छ । यी दुई प्यानलभित्र पनि अबसरलाई क्यास गर्ने दाउमा थप एक–एक प्यानल दुवै तर्फ छन् । यो पटकको निर्वाचन ईतिहासमै कडा र आक्रम हुने संकेत देखिएको छ ।

