
राजकुमार राईको नेतृत्वमा रहेको कार्यसमितिको समयावधि सकिन लाग्दा अर्को कार्यसमितिको ल्याउने तयारी सुरु गरिएको छ । संघको कार्यसमितिको हिजोको बैठकले आउदो आर्थिक बर्षको पहिलो हप्ताभित्र चुनावी साधारणसभा सम्पन्न गरी नयाँ नेतृत्व ल्याउने निर्णय गरेको हो ।

पहिला नेपालमा प्रेम दिवसको प्रभाब खासै नभए पनि पछिल्लो समयमा करीब वेस्टर्न कन्ट्री बराबरमा प्रेम दिवस मनाउन थालिएको छ ।

साढे दुई बर्ष देखि चलचित्र बिकास बोर्डको सदस्य सचिव पदमा रहेका धनराज ज्ञावालीको स्थानमा गुरु प्रसाद सुवेदीलाई ल्याईएको छ । रङ फिल्मको सेन्सर प्रक्रियामा मनोमानी निर्णय गरेको समाचार फिल्मीखबर डटकमबाट प्रकाशित भएपछि ज्ञावाली विवादमा परेका थिए जसकारण उनको स्थानमा सञ्चारमन्त्रालयका अर्का उपसचिव गुरु प्रसाद मैनालीलाई सदस्य सचिवको जिम्मेवारी दिईएको हो ।

निर्देशक शोभित बस्नेत र निर्माता कविता श्रेष्ठको ठाकठुक परेको खबर यसअघि धेरै पटक आईसकेको छ । बाहिर यि दुईको हाई हेल्लो भए पनि मन भित्रैबाट यि दुईको सम्बन्ध सुमधुर छैन ।

पछिल्लो समय नेपालमा छोटा फिल्मको निर्माण क्रम फस्टाएको छ । फिल्म अध्ययन सम्बन्धि थुप्रै इन्ष्टिच्युट, कलेजको सञ्चालनले पनि छोटा फिल्म निर्माण गर्ने क्रम बढेको हो । यस्ता फिल्मले उचित स्थान पाउन सकोस भनेर छायाँछबि क्रियसनले पहिलो पटक ‘काठमाण्डौ सर्ट फिल्म फेस्टा–२०१३’ आयोजना गर्न लागेको छ ।

प्रतिशतको हिसावमा हेर्ने हो पछिल्लो संस्करणमा रिलिज भएको मध्येबाट ७० प्रतिशत फिल्म सहभागी थिए तर यो पटक ६४ प्रतिशत मात्र फिल्महरुको सहभागिता छ ।

