
केहि दिन अगाडी मात्र राजधानीमा सम्पन्न भएको अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) मा देखाईएको फिल्म सुनगाभाको धरानमा च्यारिटी गरिने भएको छ । धरान महिला शक्ति विकास समूहको सहयोगार्थ फिल्मको च्यारिटी गर्न लागिएको निर्देशक सुवर्ण थापाले जानकारी गराए ।

प्रदर्शनको क्रम नजिकिदै गर्दा फिल्म आध्याय युनिटले पब्लिसिटी जोडतोडका साथ अगाडी बढाउन थालेको छ । बिहिबार मात्र प्रोमो सार्वजनिक गरेको फिल्म युनिटले आज शिर्ष गीत रिलिज गरेको छ ।

प्रि–प्रोडक्सन देखिनै विवादमा आएको फिल्म 9 0'clock को रिलिज तयारी पुरा भएको छ ।

खानपिनको मामलामा निकै चुजी महानायक राजेश हमाल शनिबार भने ज्वली मुडमा थिए । पुरानो बानेश्वर स्थित हिरो मुकेश अचार्यले खोलेको क्याफे ३२ को सय दिने सेलिब्रेशन पार्टीमा उनी भिन्नै देखिन्थे । क्रिसमस नजिकिईरहेको अवस्थामा उनी क्रिसमस म्यूजिकमा रमाउदै ओरेन्टल र कन्टिनेन्टल स्वादमा धेरै बेर रमाए ।


हिरोईन संचिता लुईटेल अभिनय यात्राबाट टाढिएको तीन बर्ष पुरा भईसकेको छ । फष्ट म्यारिज क्रयास पश्चात उनले गरेको सेकेण्ड म्यारिजको उतार चढावले उनी अभिनय यात्राबाट टाढिन पुगेकी हुन् ।

