मिति : २०८२ ज्येष्ठ ६, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20053 - 20058 of 22625
फिल्मीखबर, काठमाण्डौ, २०६९ वैशाख १५, शुक्रवार

नयाँ कार्यकालका लागि निर्देशक समाजको चुनाव आईतवार हुने भएको छ । तीन बर्षे कार्यकाल सकिन चार महिना बाँकी रहेको अवस्थामा समाजको आईतवार बिहान ११ बजे बार्षिक साधारण सभासँगै नयाँ कार्यसमितीका लागि चुनाव हुनेछ ।

फिल्मीखबर, काठमाण्डौ, २०६९ वैशाख १५, शुक्रवार

फस्टलुकबाट नै निकै चर्चा पाएको फिल्म 'फेसबुक' को गीतलाई फिल्मीखबर डटकमले वर्ल्ड प्रिमियर गरेको छ । साउन १५ गते देशभर एकसाथ प्रदर्शनमा आउने तयारी गरेको सो प्रिमियर गीतमा झरना थापा र डेब्यू हिरोको रूपमा स्वतन्त्रप्रताप शाहले अभिनय गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, २०६९ वैशाख १४, बिहिवार

संसारमा सबैभन्दा बढि गोप्य राखिने कुरा हो सेक्स । र, यो कुरा पनि सत्य हो कि सबैको चासो र बढि बिक्ने कुरा पनि सेक्स नै हो । यहि कुरालाई बुझेर होला नेपाली फिल्मकर्मीहरू पनि सेक्सलाई बिकाउको रूपमा प्रयोग गर्न थालेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, २०६९ वैशाख १४, बिहिवार

बैशाख १५ गते अर्थात भोली शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म 'भैहाल्छ नी' मोफसलमा सिङ्गल रिलिज हुनेछ भने राजधानीमा पुरानो फिल्म नैना रेशमसँग भिड्नेछ ।
 

फिल्मीखबर, काठमाण्डौ, २०६९ वैशाख १४, बिहिवार

दश बुँदे कार्ययोजना सार्वजनिक गरेका कारण तीब्र आलोचना खेपेको चलचित्र बिकास बोर्डले ती योजना परिमार्जित गरी अघि बढ्ने तयारी गरेको खबर प्राप्त भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, २०६९ वैशाख १४, बिहिवार

बोक्सी र द मिरर  फिल्म निर्देशन गरिसकेका गोपालचन्द्र लामिछानेको बिश्वास पनि गजबकै छ । उनी हरेक नयाँ कामको शुरूवात बिहिबारबाट नै गर्छन् । यहि क्रममा उनले निर्देशन गरेको पछिल्लो फिल्म 'किन लाग्छ माया' को पब्लिसिटी सामाग्रीलाई बिहिबार नै अपडेट गर्न फिल्मीखबरलाई आग्रह गरे ।

Results : 20053 - 20058 of 22625