
अभिनेत्री मौसमी मल्लले आफ्नै छोरा विक्की मल्ललाई फिल्म 'समय' मार्फत चिनाउँदै छिन् । तर यिनै मौसमीले आफ्नै छोराले गरेको रोमान्स भने हेर्न पाईनन् ।

छड्के हेर्न जस्तो अपेक्षा बोकेर हल गएका थिए त्यस्तो रिजल्ट नपाएपछि फिल्म जर्नलिष्टहरुले छड्केको सर्ट रिभ्यू फेसबुक वालमा लेखेका छन् । सेन्ट्रोललेवलका यि जर्नलिष्टहरुलाई छड्केले निरास बनाएको उनीहरुको स्टाटसबाटबाट स्पष्ट हुन्छ ।

रिलिज अगाडीको हाईप विपरित दर्शकको रिभ्यू पाएको छड्केको आजको बिहानी शोहरु पनि हाउसफुल भएका छन् ।


बलिउडका तीन स्टार सलमान, शाहरुख र ऋतिक रोशनको फिल्म आउने समयको जस्तो दर्शकको बाढी छड्केमा देखिएको छ । दुई वटा हिट फिल्म दिएका माधव वाग्ले र नरेन्द्र महर्जनको नयाँ फिल्म छड्के हेर्न दर्शकले अत्याधिक उत्साह देखाएपछि क्यूफएक्सले आफ्ना तीन वटा हलमा छड्केलाई पहिलो दिन नै अठार शो दिन बाध्य भएको हो ।

सधैं आरोप लाग्ने गरेको छ कि नेपाली फिल्ममा दर्शक नै आउँदैनन् र हिन्दी तथा अंग्रेजी फिल्मले मात्र दर्शक तानेको छ । तर राम्रो चर्चा हुने हो भने र दर्शकलाई आकर्षित गर्न सक्ने हो भने नेपाली फिल्म हेर्न पनि दर्शकको भिड लाग्छ भन्ने कुरालाई लुट र चपली हाईट पछि छड्केले पुन: प्रमाणित गरिदिएको छ ।

