
केहि बर्ष अघि देखि मात्र चर्चामा आएको पर्यटकिय स्थल जामुनखाडीमा पनि काठमाण्डौबाट फिल्मको सुटिङको लागि कलाकारहरु आउन थालेका छन् । यहि क्रममा निर्माणाधिन फिल्म 'प्ले गर्ल' को सुटिङ पनि जामुनखाडीमा गरिएको छ ।

दुई भोटको अन्तरले चलचित्र निर्देशक समाजको अध्यक्ष पदमा निर्वाचित भएका विमल पौडेल माओवादी निकट चलचित्रकर्मी हुन् । जसको टाईअप सिधै चलचित्र बिकास बोर्डका अध्यक्ष गणेश भण्डारीसंग छ । यो बर्ष विविध कारणले पौडेल विवादमा आईरहे । जसको दवावले निर्देशक समाजको निर्वाचन निर्धारित समय भन्दा तिन महिना अघि नै हुन गयो । यसै सन्दर्भमा विमल पौडेल समाजको अध्यक्ष पदमा निर्वाचित भएको प्रसङ्गमा केन्द्रित रहेर फिल्मीखबर प्रतिनिधि फरक कोणले केही चलचित्रकर्मीसंग प्रतिक्रिया लिएका छन् ।

यस अघि फार मुभिजको ब्यानरमा अन्दाज निर्माण गरेका आफ्ना को-पार्टनर उज्जवल घिमिरे र अशोक शर्मासंग मिलेर छवि ओझाले पुन : 'मापसे' भन्ने फिल्म बनाउदैछन् जसको कथा राजनीति केन्द्रित रहने छ । 'पूर्ण रुपमा मल्टिप्लेक्सका दर्शक टार्गेट गरेर जेठको अन्तिम हप्ता देखि यो फिल्म बनाउदैछौ जहाँ सम्पूर्ण कलाकार नयाँ हुनेछन्', छविले भने ।

नेपाली फिल्म उधोगका हस्ती महानायक राजेश हमाललाई लन्डनमा सम्मान गरिएको छ । इभेन्ट्स एण्ड आईडियाज प्रोडक्सनको आयोजनामा राजेश हमालको साथ एक साँझ नामक कार्यक्रममा उनलाई बिशेष सम्मान दिईएको हो ।

बन्दले गर्दा राजमार्गमा अलपत्र यात्रुहरुको संघर्षका कथाहरूमा केन्द्रित रहेर निर्माण गरिएको फिल्म 'हाईवे' ले आफ्नो पब्लिसिटीलाई तिब्रता दिएको छ । सञ्चारमाध्यमा फिल्मका बारेमा जानकारी दिईरहेको युनिटले शुक्रबारबाट देशका अधिकांश हलमा फिल्मको ट्रेलर रिलिज गरेको छ ।

अध्यक्षको कुर्सीबाट हट्ने समय आएपछी सायद केपी पाठकको मन मस्तिष्कले काम गर्न छाडेको हुनुपर्छ त्यसैले त उनले आफ्ना कर्मचारीको काम कारबाहि प्रति अन्तिम समयमा ध्यान नदिदा चुनावी माहोलमा तनाव झेल्नु पर्यो ।