Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अध्यक्षमा हार ब्यहोरेका पौडेल समाजको सल्लाहकारमा नियुक्त

फिल्मीखबर, काठमाण्डौ, 2013/04/28

निर्वाचनको समयमा चिसिएको सम्बन्धलाई सुमधुर बनाउने उद्देश्यका साथ चलचित्र निर्देशक समाजलाई मार्ग निर्देशन गर्नका लागि दिनेश डिसीको नेतृत्वले नरेश पौडेललाई सल्लाहकारमा नियुक्त गरेको छ । 

 
निर्वाचनको रिजल्ट पश्चात बसेको पहिलो कार्यसमिति बैठकले नरेश सहित पूर्व अध्यक्ष केपी पाठलाई सल्लाहकारमा नियुक्त गरेको हो । पाँच सदस्य सल्लाहकार समितिमा थप तिन निर्देशकलाई पनि ल्याउने कसरत सुरु गरिएको  छ ।
 
महासचिव ऋषि लामिछानेका अनुसार ईन्डष्ट्रीमा २५ बर्ष विताईसकेका अग्रज निर्देशकहरु सल्लाहकार पदमा तानिनेछन् जसको खाका तयार भईसकेको स्थितीमा छ ।  दिनेश डिसीसंग १६ मतले हार ब्यहोरेपछि  नरेशलाई दिनेशको टिमले सल्लाहकारमा नियुक्त गरेको हो ।