Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

अष्ट्रेलियामा `भिजिलान्ते`

फिल्मीखबर, काठमाण्डौ, 2013/04/28

लालिगुराँस कम्पनीले अष्ट्रेलियाको सिड्नी स्थित इभेन्ट सिनेमामा नेपालको पहिलो थ्रीडी फिल्म 'भिजिलान्ते'को प्रदर्शन गरेको छ । आईतवार साँझ अढाई सय भन्दा बढि दर्शकले फिल्मको अवलोकन गरे ।


'फिल्मको टिकट अग्रिम बुकिङ भईसकेकाले छिट्टै नै अर्को शोको पनि आयोजना गर्नेछौं,' आयोजक संस्थाका सदस्य बसन्त भण्डारीले फिल्मीखबरलाई जानकारी गराए । उनले अष्ट्रेलियाको मेलबर्न, पर्थ, ड्रविनमा पनि भिजिलान्तेको प्रदर्शन गर्ने बताए । 'दर्शकको फिल्म प्रतिको उत्साह देखेर हामीले अष्ट्रेलियाका अन्य सिटीमा पनि फिल्म प्रदर्शन गर्ने तयारी गरेका हौं,' बसन्तले भने- 'फिल्म हेरेर हामीले सकारात्मक प्रतिक्रिया पाएका छौं ।'

 

समाजमा विद्यमान कुरीति र दण्डहीनताको विषयलाई मनोवैज्ञानिक रूपमा पस्किएको यो फिल्मलाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् । फिल्ममा सुवास थापा, प्रियंका कार्की, राज घिमिरे, शिखा शाही, मेनुका प्रधान, ए गुरूङ र शंकर आचार्यले मुख्य भुमिका निर्वाह गरेका छन् । नेपालमा यो फिल्मले राम्रो बजार पाउन नसकेपनि अर्न्तराष्ट्रिय बजारमा भने राम्रो स्थान पाउने निर्देशक खनालले बताए ।

 

 

यता अष्ट्रेलियामा भिजिलान्तेको प्रदर्शनको जिम्मा लिएका बसन्तले निर्माण गरेको नेपाली फिल्म 'सेफ ल्याण्डिङ' पोष्टप्रोडक्सनको अन्तिम चरणमा पुगेको छ । निर्माता बसन्तले दिएको जानकारी अनुसार यो फिल्म मे महिनाको अन्त्यसम्ममा हुनेछ । फिल्म तयार भएपश्चात अष्ट्रेलियामा नै भव्य प्रिमियर गर्ने योजना निर्माताको छ । 'फिल्मका कलाकार, केहि सञ्चारकर्मी र प्राबिधिकको उपस्थितीमा अष्ट्रेलियामा हामीले भव्य समारोहका विच सेफ ल्याण्डिङको प्रिमियर गर्नेछौं,' बसन्तले भने ।

 

 

अघिल्लो साँझ देखि भोलीपल्ट दिउँसोको कथा समेटिएको फिल्म 'सेफ ल्याण्डिङ'का निर्देशक मलेसियन नागरिक सन्दिप जोसेप हुन् । कोही मेरो पश्चात झरना बज्राचार्यले खेलेको यो फिल्ममा निरज बराल नेगेटिभ रोलमा छन् ।