मिति : २०८२ ज्येष्ठ ६, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20023 - 20028 of 22625
फिल्मीखबर, काठमाडौँ, २०६९ वैशाख २०, बुधवार

भोली शुक्रबारबाट दुई नयाँ फिल्म 'फूल' र सम्झिराख है' प्रदर्शनमा आउने छन् । शिब रेग्मी निर्देशित फूल देशभरका ४५ वटा पर्दामा प्रदर्शन हुनेछ भने रेम बिक निर्देशित फिल्म 'सम्झिराख है' मोफसलका केहि हलमा रिलिज हुनेछ ।

 

अनुप भट्टराई, काठमाडौँ, २०६९ वैशाख २०, बुधवार


गत शुक्रबार क्यूएफएक्स च्यानलको कुमारीहलमा हलिउड फिल्म टाईटानिक हेर्न गएका दुई दर्शक ठगिएको बिषयमा क्यूएफएक्सले माफी माग्दै फटाई गर्ने  आफ्नो कर्मचारीलाई बर्खाष्त गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, २०६९ वैशाख २०, बुधवार

गत फेब्रुअरी १० तारिखका दिन कतारबाट प्रदर्शनको यात्रा शुरू गरेको फिल्म 'मिस यू' नेपालमा फाल्गुन पाँच गतेका दिन सार्वजनिक प्रदर्शन भयो । त्यस लगत्तै बिश्वका बिभिन्न मुकुकमा फिल्म प्रदर्शनरत छ । यहि क्रमलाई निरन्तरता दिंदै युके रिलिजका लागि अभिनेता तथा निर्माता दिलिप रायमाझी आज त्यस तर्फ प्रस्थान गरेका छन् ।
 

फिल्मीखबर, काठमाण्डौ, २०६९ वैशाख २०, बुधवार

विदेशी भुमिमा आयोजना हुने साँस्कृतिक कार्यक्रममा केही सुस्ताएका महानायक राजेश हमाल यो पटक भने लामै समय लण्डनमा रमाए । गत चैत्र २७ गते नयाँ बर्ष लक्षित गर्दै विविध साँस्कृतिक कार्यक्रममा सहभागी हुन लण्डन पुगेका हमाल ठीक २३ दिनको दिन स्वदेश फर्किएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, २०६९ वैशाख २०, बुधवार

'बगैंचामा सुन्दर फूलहरू धेरै छन् र ति फूल मध्येको एउटा फूल पात्र म पनि हो', नायिका गरिमा पन्तले मंगलबार आफू अभिनित फिल्म फूलको अडियो विमोचन समारोहमा बोल्दै भनिन्, 'मलाई लाग्छ त्यो फूलले चारै तिर सुगन्ध छर्ने छ ।'

फिल्मीखबर, काठमाण्डौ, २०६९ वैशाख २०, बुधवार

शोभित बस्नेत निर्देशित फिल्म 'प्लान' को मंगलबार साँझ राजधानीमा आयोजित एक कार्यक्रमका बिच अडियो विमोचन गरियो । बरिष्ठ निर्देशक शिब रेग्मी, चलचित्र संघका महासचिव प्रदिप उदय, निर्माता केशब भट्टराई, सञ्चारकर्मी शान्ति प्रिय, छायाँकार शम्भु सापकोटा, द्धन्दनिर्देशक राजेन्द्र खड्गी सहित फिल्मका कलाकार र निर्माता निर्देशकले संयुक्त रूपमा अडियो विमोचन गरेका थिए ।

Results : 20023 - 20028 of 22625