नेपाली काँग्रेसका केन्द्रीय सदस्य एन.पि. साउदको प्रमुख अतिथ्यतामा फिल्म क्षेत्रमा काम गर्ने श्रमिकहरूको हकहितको संरक्षण तथा सम्बर्द्धन गर्न विधिवत श्रम विभागमा राष्ट्रिय स्तरको ट्रेड यूनियनको रुपमा दर्ता भई स्थापना भएको नेपाल चलचित्र श्रमिक संघको पाँचौं राष्ट्रिय महाअधिवेशन सम्पन्न भएको छ । हरेक चार–चार वर्षमा केन्द्रीय समिति चयनका लागि आयोजना हुने उक्त कार्यक्रममा देशभरका यस संघमा आवद्ध श्रमिकहरुको भेलाले नयाँ कार्यसमितिको चयन गरेको छ ।
नयाँ केन्द्रीय कार्यसमितिमा अध्यक्षको पदमा केशवलाल तण्डुकार, बरिष्ठ उपाध्यक्षमा सुरेश साह, उपाध्यक्षहरु (तीन जना) पूर्णबहादुर श्रेष्ठ, धनराज पुरी, मोहन आचार्य, महिला उपाध्यक्ष राधिका कायस्थ, महासचिव चिरञ्जीवी गुरागाईँ, उप-महासचिव रोशन श्रेष्ठ, सचिव बसन्त योगी, कोषाध्यक्ष ईश्वरप्रसाद दाहाल, सदस्य रामकृष्ण रानामगर, सदस्य पुरुषोत्तम थापा, सदस्यहरु (सात जना) सुनिल पुरी, धनञ्जयकुमार पौडेल, रमेश रोका, श्यामकृष्ण शाही तथा दिपक कुमार बोट निर्वाचित भए ।

कार्यक्रमको उद्घाटन–सत्रमा नेपाल ट्रेड यूनियन काँग्रेस–स्वतन्त्र (NTUC-I)का अध्यक्ष श्री लक्ष्मणबहादुर बस्नेत, NTUC-I का पूर्व सह–अध्यक्ष खिलानाथ दाहाल, NTUC-I का पूर्व बरिष्ठ उपाध्यक्ष पुष्कर आचार्यको विशेष अतिथ्यता थियो । कार्यक्रममा फिल्म निर्माणमा संलग्न प्राविधिक, फिल्म हलमा कार्यरत श्रमिक, केवल टेलिभिजन नेटवर्क तथा अन्य फिल्म क्षेत्रमा काम गर्ने श्रमिकहरुको उल्लेखनीय रुपमा उपस्थिति रहेको थियो । नयाँ केन्द्रीय कार्य समितिका महासचिव श्री चिरञ्जीवी गुरागाईंले आगामी दिनमा फिल्म क्षेत्रमा कार्यरत बढीभन्दा बढी श्रमिकहरुलाई नयाँ ढंगले उक्त संघको छाता मुनि समेट्दै अघि बढ्ने र सदा फिल्म क्षेत्रका श्रमिकहरुको सामाजिक हकहित, सुरक्षा लगायत ट्रेड यूनियन अधिकार दिलाउनका लागि सदा तत्पर रहने प्रतिवद्धता जाहेर गरे ।

