Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

उत्तमको फेसन इन्सिच्युटमा सेलिब्रेटी

फिल्मीखबर, काठमाण्डौ, 2013/04/28

नेपाली सेलिब्रिटीका प्रिय पहिरन डिजाइनर उत्तम बनेपालीले फेशन इन्सिच्युट खोलेका छन् । एएलटी ट्रेनिङ कलेज, बैंग्लोरबाट फेशन डिजाइनिङमा बिएस्सी गरेका रोहित राजबंशी र नविन लुइँटेलसँगको सहकार्यमा ‘सेन्ट्रल फेशन हब इन्सिच्युट अफ फेशन टेक्नोलोजी’ खोलेका हुन् ।

 

फेशन इन्सिच्युटको आइतवार नागरिक दैनिक र शुक्रवार साप्ताहिकका सम्पादक किशोर नेपाल र डिजाइनर उत्तमकी छोरी सम्मानिका बनेपालीले उद्घाटन गरे । बनेपालीलाई शुभकामना दिन उद्घाटन समारोहमा प्रथम मिस नेपाल रुबी राणा, पूर्व मिस नेपाल उषा खड्गी, सदीक्षा श्रेष्ठ, बर्तमान मिस नेपाल इशानी श्रेष्ठ, अभिनेता जीवन लुइँटेल र अभिनेत्री हर्षिका श्रेष्ठ उपस्थित थिए ।


नेपालमा फेशन डिजाइनिङको राम्रो शिक्षालयको अभाव रहेको भन्दै उनले उक्त इन्सिच्युट खोलेका बताए । फेशन इन्सिच्युट खोल्नुका कारण खुलाउँदै उनले भने- ‘आफूले जानेका कुरा अरुलाई पनि सिकाउँ भन्ने चाहना हो ।’ नेपालमा सञ्चालित भन्दा भिन्न शिक्षण शैलीबाट फेशन डिजाइनिङ शिक्षा प्रदान गर्ने उनले बताएका छन् । ‘हामी सैद्धान्तिक ज्ञान पनि दिन्छौं तर ब्यबहारिक शिक्षालाई बढी प्राथमिकतामा राख्नेछौं,’ उनी थप्छन् ।


कुपोन्डोलमा रहेको उत्तम्स क्रियसनलाई सेलिब्रिटीको पहिरन डिजाइन गन्तब्य बनाएका उनले आफ्नो डिजाइनिङ क्षमताको स्थान्तरणका लागि पनि इन्सिच्युट खोल्नु उपयुक्त लागेको बताए । ‘मैले आजसम्म आइपुग्दा जानेको सीप अरुलाई पनि सिकाउने रहरले पनि इन्च्यिुट खोल्न हौस्याएको हो,’ उनी भन्छन् । विदेशमा फेशन डिजाइनिङ पढेर आएकाहरुले फेशनको सैद्धान्तिक र आधारभूत ज्ञान प्रदान गर्नेछन् भने प्राक्टिकल कक्षा उत्तमले लिने भएका छन् । यसका साथै नेपालका चर्चित सेलिब्रेटीबाट हप्ताको एक दिन ग्रुमिङ कक्षा सञ्चालन गर्ने बताइएको छ ।

 

नेपालमै पहिलोपल्ट यो इन्सिच्युटले फेशन स्टाइलिङ र भिजुअल मर्कन्डाइज पनि पढाउने भएको छ । कुपन्डोल कान देवतासँगै रहेको इन्सिच्युटमा फेशन डिजाइनिङ सम्बन्धि एक वर्षे डिप्लोमाका साथै सर्ट टर्म कोर्स पनि सिकाइनेछ । यस संस्थालाई नेपाल फेशन महासंघले पनि समर्थन गरेको छ ।