Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बुटवलको गर्मीसँगै तातिदै `अन्तराल`

फिल्मीखबर, बुटवल, 2013/04/28

देशदौडाहाको क्रममा पोखरा हुँदै बुटवल आईपुगेको अन्तराल फिल्मको टोलीले आईतवार बुटवलका संचारकर्मीहरुसंग फिल्मको बारेमा छलफल गरेको छ । निर्देशक दिपा बस्नेत सहितको टोलीले बुटवलका संचारकर्मीहरुलाई अन्तराल फिल्म रंगीन सपना देख्ने चरित्रहरुको कथा भएको जानकारी दियो ।



अन्तराल फिल्म निकै राम्रो बनेको र दर्शकले फिल्मलाई मन पराउनेमा आफुहरु ढुक्क रहेको अन्तराल फिल्मकी निर्देशक दिपा बस्नेतले संचारकर्मीहरुमाझ बताईन् । ‘अहिले हामीले फिल्मको ईनिसियल व्यापारको लागी बुटवलको गर्मीमा दर्शकहरूलाई हलसम्म तताएर हलसम्म आकर्षित गर्न यहाँ आएका हौं,’ पत्रकार सम्मेलनमा निर्देशकले निकै विश्वास साथ भनिन्–‘प्रदर्शनमा आएपश्चात दर्शकहरुको माउथ पब्लिसिटिले नै हामी व्यवसायिक रुपमा सेफ हुन्छौँ ।’ अन्तराल हेरेपश्चात एउटा दर्शकले पाँच जनालाई हलसम्म गएर फिल्म हेर्नका लागी सिफारिश गर्ने उनले दावी गरिन् ।



अन्तराल फिल्मका मुख्य अभिनेता मानव सुवेदीले ‘खासखास खुसखुस’ बोलको गीत गाएर शुरु भएको पत्रकार सम्मेलनमा फिल्मकी नायिका अशिष्मा नकर्मीले पत्रकारहरुलाई फिल्म हेर्नका लागी विशेष अनुरोध गरेकी थिईन् । ‘यो मेरो डेब्यु फिल्म हो, सबै टिमको सहयोगका कारणले मैले आफ्नो काम निकै राम्रो गरेकी छु भन्नेमा म विश्वस्त छु र फिल्म पनि निकै राम्रो बनेको छ ।’

 

 

यस्तै अर्की नायिका नम्रता सापकोटाले पनि फिल्म गर्दाको अनुभव साट्दै राम्रो फिल्म बनेको बताईन् । ‘अन्तरालले युवापुस्ताको दैनिकीलाई रंगीन तरिकाले प्रस्तुत गरेको छ,' भैरहवाकी स्थानिय नायिका सापकोटाले उपस्थित सञ्चारकर्मीसामु भनिन्– म तपाईंकै गाउँघरकी चेली हुँ त्यसैले पनि सहयोग पाउने आश गरेकी छु ।' नायक मानव सुवेदीले यो फिल्म आफ्नो करियरका लागि निकै महत्वपूर्ण रहेको बताए ।

 

 

फिल्ममा मानव, नम्रता, अशिष्माको साथमा कमलमणी नेपाल, राजकुमार पुडासैनी, घनुभाई जोशी, लोकन्द्र लेखक, पुर्व मिस नेपाल रुवी राणाको समेत अभिनय हेर्न सकिनेछ । बुटवलमा हल संचालक र संचारकर्मीहरुसंग अन्तरक्रिया गरेर अन्तराल टोली चितवन, दमक, धरान, सर्लाही र हेटौँडा हुँदै काठमाण्डौ फर्किनेछ । अन्तराल फिल्मको बारेमा संचारकर्मीहरुले विशेष चासो देखाएका थिए । यो फिल्म यहि जेष्ठ ३ गते लाग्दैछ ।