नेपाली म्यूजिक ईन्डष्ट्रीका तीन चर्चित संगीतकर्मीहरु अष्ट्रेलियाको सिड्नीमा आयोजित एक भव्य साँगीतिक कार्यक्रममा सम्मानीत एवं पुरस्कृत भएका छन् ।
वाइएफसी क्लब र नेपाली कला संस्कृति साहित्य प्रतिष्ठानद्धारा संयुक्त रुपमा आयोजित शम्भुजित बाँस्कोटा नेपाली धमाका नाइट २०१३ का अवसरमा सिंगर तथा म्यूजिसियन जीत बाबु (शम्भुजित बाँस्कोटा) तथा गायिकाद्धय सुकमीत गुरुङ र माण्डवी त्रिपाठी सम्मानित भएका हुन् ।
(3).jpg)
उक्त अवसरमा नेपाली कला र संस्कृतिलाई संगीतको माध्यमबाट योगदान पुर्याए वापत जीतबाबुलाई नगद ५० हजार रूपैंया सहित भर्सटाइल पर्सनालिटी अवार्ड, सुकमीत गुरुङलाई ३० हजार सहित गोल्डेन भ्वाईस अवार्ड र माण्डवी त्रिपाठीलाई २५ हजार रुपैया सहित युथ भ्वाईस अवार्ड प्रदान गरिएको छ ।
(1).jpg)
कार्यक्रममा जीतबाबुले २० भन्दा बढी गीत गाएर दर्शकलाई नचाएका थिए भने सुकमीत र माण्डवीले पनि नयाँ पूराना लोकप्रिय गीत गाएर मनोरञ्जन प्रदान गरेका थिए । त्यसै गरी जीतबाबुका छोरा सौर्यजीतले पनि माण्डवीका साथ विभिन्न गीत प्रस्तुत गरेका थिए । कुसुमे रुमाल-२का म्यूजिसियन समेत रहेका सौर्यजीत लामो समय देखि अष्ट्रेलियामा अध्ययनरत छन् ।

