Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्मातासंघलाई निर्णय सच्याउन सिडिओ कार्यालयको निर्देशन

फिल्मीखबर, काठमाण्डौ, 2013/04/30

विधान सम्मत निर्णय नभएको भन्दै अशोक शर्माको ग्रुपले दिएको निवदेन उपर प्रतिक्रिया जनाउदै काठमाण्डू सिडिओ  कार्यालयले निर्माता संघलाई  निर्णय सच्याउन निर्देशन दिएको दिएको छ ।


विधाननत निर्वाचन हुने निर्णय गर्दा मिति समय र स्थान पनि तोकिनु पर्ने हुन्छ तर मिति बाहेक स्थान नतोकिएको पाईएपछि सिडिओ  कार्यालयले आफ्नो पूर्व निर्णय सच्याउन निर्माता संघलाई निर्देशन दिएको हो । मौखिक रुपमा ठमेल स्थित होटल बैशालीलाई निर्वाचन स्थान तोकिएपछि अशोक शर्मा सहित दश जना प्रोड्यूसरहरुको हस्ताक्षर सहितको विरोध पत्र हिजो दर्ता भएपछि सिडिओ कार्यालयले आफ्नो निर्णय सच्याएर आउन संघलाई आग्रह गरेको हो ।


यसैगरी भेन्यूको बिषयमा विवाद बढेपनि त्यो विवाद एक पक्षीय मात्र रहेको निर्माता संघका सचिव सुरेश दर्पण पोखरेलको तर्क छ । उनले भने- 'हाम्रो महासचिव केशब भट्टराई र उपाध्यक्ष आकाश अधिकारी ज्यूलाई लोकेशन छनौट गर्ने जिम्मा दिईएको थियो तर बिहेको सिजनले फाईभ स्टार देखि बैङ्क्वैट हल सम्म प्याक भएको पाएपछि उहाँहरुकै आग्रहमा होटल बैशाली तोकिएको हो । तर डर त्रास देखाउन यहाँ गलत तरिकाले यो बिषयलाई प्रस्तुत गरिदैछ ।'

 


यध्यपी सिडिओ को उक्त आदेश आएपछि स्थानलाई बैधानिकता दिन निर्माता संघको आकस्मिक कार्यसमिति बैठक भोली दिउँसो २ बजेका लागि डाकिएको सुरेशले जानकारी दिएका छन् । तर उनका अनुसार  होटल बैशाली चेन्ज गर्ने कुरामा कार्यसमितिले निर्णय गर्ने छैन बरु त्यसलाई माईनटमा उतार्दै उक्त निर्णय सिडिओलाई पेश गर्ने छ । दर्पणले विश्वका सम्पूर्ण मुलुकबाट आएका पर्यटकहरुको दिनचर्या हुने स्थानमा सुरक्षा छैन भन्दै अशोक शर्माको ग्रुपले बहस चलाउन लाजमर्दो रहेको बताउछन् ।

 

नोटः कुरा के छ भने महासचिव केशव भट्टराईले होटल बैशाली छनौट गर्न पहल गरेपनि उनले स्वयम प्रशासन कार्यालयमा होटल बैशालीमा हुन लागेको निर्वाचनको विरुद्ध हस्ताक्षर समेत गरेका छन् । जसको प्रमाण अशोक शर्मा सहित उनीको सिडिओ कार्यालयमा खिचिएको यो तस्बिर हो ।

 

यस अघि सिडिओ कार्यालयले निर्माता संघलाई निर्णय सच्चयाउन  निर्देशन दिएको हुनुपर्नेमा अन्यथा भएकाले सच्याईएको छ । स.