जेठ ३१ रिलिज डेट टार्गेट फिल्म कर्कशको चौतर्फी चर्चा बढ्न थालेको छ यतिखेर । जसरी छड्केको मिडिया हाईप क्रिएट भएको थियो त्यसैगरी कर्कशको मिडिया हाईपले सगरमाथा छुने छाटकाट देखाएको छ यतिबेला ।
भला छड्केले दर्शकको आशलाई नराम्ररी छड्काई दियो अनि नेपाली फिल्मका दर्शक समेत भाड्न केही मद्धत पुर्यायो भन्ने आरोप यो फिल्मका मेकरलाई लाग्यो तर कर्कश टिमले त्यो आशलाई मर्न नदिने अठोटका साथ अघि बढेको संकेत देखाएको छ ।
केही हप्ता अघि ट्रेलर रिलिज गरेको उक्त टिमले आज ओएसटी (ओर्जिनल साउन्ड ट्रयाक) रिलिज गरेर अर्को प्रशंशा पाएको छ । प्रेस मिटमै सार्वजनिक तारे माम.. गीत हेरेपछि प्रशंशा गर्ने धेरै थिए तर हाईप धेरै भएका कारण छड्के जस्तो त हुने हैन भन्ने कोईस्चनबाट चाहि डिरेक्टरले एन्सर नदिई सुख पाएनन् ।

'अब लाष्टमा छड्के जस्तो छैन भनेर लेख्नुपर्ला जस्तो लाग्यो,' अत्यन्त सम्भावना देखाएका डेब्यू डिरेक्टर आशिफ साहले जर्नलिष्टहरुलाई ब्यक्तिगत रुपमै उत्तर दिदै थिए । रञ्जीत आचार्यको लिरिक्समा तयार कर्कशको उक्त ओएसटीमा कर्म ब्याण्डका सुरेन्द्र मान सिंहले भोकल दिएका छन् । यो गीत तयार गर्न लिरिसिष्ट आचार्यलाई १५ मिनेट भन्दा ज्यादा टाईम नलागेको उनले कार्यक्रममा बताएका थिए । कार्यक्रममा चलचित्र पत्रकार संघका महासचिव लक्ष्मण सुवेदी, लिरिसिष्ट आचार्य र डिरेक्टर साहबाट अडियो म्यूजिक पनि लन्च गरिएको थियो ।

