Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ब्लड डोनेशनमा सहभागिता जनाउन मौसमीको आग्रह

फिल्मीखबर, काठमाण्डौ, 2013/04/30

समाज प्रतिको रेस्पोनसिब्लीटिलाई कलाकारहरुले भुल्नु हुदैन भन्ने मान्यता अन्य अभिनेत्रीहरुको तुलनामा मौसमी मल्लमा ज्यादा देखिएको छ । 

 
पछिल्लो एक बर्ष देखि आफू सिकिस्त विरामी रहेर पनि उनी समाज सेवाका लागि तल्लिन छिन् । ठीक एक बर्षअघि उनले महिला फिल्मकर्मीहरुको हक हित एवं ब्यक्तित्व विकासका निम्त एउटा संस्था गठन गरिन जुन संस्थाले स्थापनाको बर्षमै आफूलाई परिचित बनाउन पूर्ण पनि सफल भएको छ । 
 
मौसमीको नेतृत्व रहेको महिला चलचित्रकर्मी मञ्चले विभिन्न कार्यक्रम गर्दै एव नेतृत्दवायी सहभागीता जनाउदै आफूलाई समाजको महत्वपूर्ण संस्थाको रुपमा उभ्याईरहेका बेला भोली बुधबार ब्लड डोनेशन कार्यक्रम राखको छ जुन कार्यक्रममा सहभागिताका लागि मौसमीले फिल्मीखबर मार्फत आफ्ना दर्शकहरुलाई अनुरोध गरेकी छिन् । 
 
'फिल्ममकर्मीहरुका लागि हामीले आग्रह गरिसकेका छौ तर यो कार्यक्रममा हामीलाई माया गर्ने दर्शक पनि आउन भन्ने चाहना छ,' मौसमीले भनेकी छिन् । ब्लड डोनेशन कार्यक्रम एक्जीबेशन रोड (प्रदर्शनी मार्ग) स्थित ब्लड बैङ्कमा बिहान १० बजे देखि अपरान्ह ३ बजे सम्म हुने छ  जहाँ चर्चित फिल्मी अनुहारहरुको उपस्थिती हुदैछ । 
 
१ बर्षमा महिला चलचित्रकर्मी मञ्चले के –के गर्‍यो ?
 
 
 
स्थापनाको एक बर्षमा महिला चलचित्रकर्मी मञ्चले राम्रौ प्रशंशा पाएको छ । ७ जनाबाट सुरु गरिएको यो संस्थामा अहिले २ सय सदस्य बनेका छन् । यध्यपी अझै केही चर्चित अनुहारहरु यो सस्थामा आबद्ध भने हुने सकेका छैनन् । आउदो जेठ २ गते स्थापनाको एक बर्ष पुरा गर्ने यो संस्थाले महिला फिल्मकर्मीहरुको ब्यक्तित्व विकासका निम्ती एक भब्य कार्यक्रम गर्‍यो । यस्तै रिजल्ट तत्काल सकारात्मक नआएपनि फिल्मकर्मीहरुको ४६ दिने आन्दोलनमा त्यतिकै महत्पूर्ण भूमिका रह्यो यो संस्थाको । यस संस्थाले महिला फिल्मकर्मीहरुबीचको एकता कायम गर्न सनातन देखि चलिआएको तीज पर्बलाई बिशेष कार्यक्रम बनाउदै फिल्मी बाताबरणलाई महिलाहरु माँझ  थप उत्साह प्रदान गर्‍यो ।
 
समाजमा आफ्नो पनि दायित्वहुनुपर्छ भन्ने मान्यता राखी ट्राफिक प्रहरीहरुसंगको सहकार्यमा ट्राफिक सचेतना कार्यक्रममा पनि त्यतिकै सहभागिता जनायो महिला चलचित्रकर्मी मञ्चले । यस्तै अपाङ्गहरुलाई प्रोत्साहन गर्ने शिलिशिलामा पनि मौसमीको सस्थाले एक बर्षमै आफूलाई सफलताको शिखरमा पुर्यायो  ।
 
तत्काल ठूलो उपलब्धी : एम्बुलेन्स
 
जेठ भित्रमा महिला चलचित्रकर्मी मञ्चको आफ्नै एम्बुलेन्स हुनेछ जसबाट फिल्मकर्मीहरुले अत्यन्त सस्तो शुल्कमा सेवा पाउनेछन् । यो सेवाका लागि संस्था अन्र्तगतको एम्बुलेन्स सेवा समितिमा फिल्मकर्मीहरु आबद्ध हुनुपर्ने मौसमीको भनाई छ । छिटोमा एक हप्ताभित्रै एम्बुलेन्स ल्याईसक्ने उनले बताएकी छिन् । एम्बुलेन्स सेवा चलचित्र पत्रकार संघको हकमा पनि प्रदान गरिने कार्यक्रम रहेको मौसमीको भनाई छ ।