Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

होटल बैशाली केसले निर्माता संघमा लफडा

अनुप भट्टराई, काठमाण्डौ, 2013/04/29

चर्चित डन दिपक मनाङ्गेको एरिया भनेर चिनिने ठमेलको होटल बैशाली केशले निर्मातासंघमा लफडाको स्थिती सृजना गरेको छ । निर्माता संघका अध्यक्ष राजकुमार राईको निकटतम रहेका दीपक मनाङ्गेको उक्त एरियामा संघको ईलेक्सन गर्ने कि नगर्ने भन्ने बिषयले लफडाको स्थिती पैदा गराएको हो ।

 
'त्यस्तो ठाँउलाई ईलेक्सनको लोकेशन तय गर्नु नै गलत नियत जस्तो देखिन्छ त्यसकारण हामी उक्त लोकेशनको बिरुद्धमा छौ,' संघका निवर्तमान अध्यक्ष अशोक शर्माले भनेका छन् । अशोक आगामी निर्वाचनमा राजकुमार संगै अध्यक्ष पदमा उम्मेदवारी दिदैछन् तसर्थ राजकुमारको अत्यन्त निकट रहेका डनको एरियामा हुन लागेको ईलेक्सनको लोकेशन सार्न उनी सिडियो कार्यालय समेत पुग्दैछन् आज ।
 
 
अशोक सहित हालको कार्यसमितिमा रहेका उपाध्यक्ष उदय सुब्बा लगायत अन्य दश प्रोड्यूसरहरुको हस्ताक्षर सहितको निवेदन पत्र केही बेरमा सिडियो कार्यालयमा दर्ता गरिदैछ । अशोकले पूर्ण शान्ति सुरक्षाको प्रत्याभूति सहित ईलेक्सन लोकेशन एक्जीबेशन रोड स्थित पुलिस क्लबमा गर्न सिडियो समक्ष आग्रह गर्दैछन् । 
 
तर, यता संघका अध्यक्ष राई भने आफूहरुलाई कमजोर सावित गर्न अशोकले यस्तो आरोप लगाएको बताउछन् । राई भन्छन्- 'हामीले फाईभ स्टार होटल अन्नपूर्ण र -याडिसन लगायत ठूल–ठूला बैङकेट सम्ममा लोकेशनको लागि कुरा गरेका थियौ तर बिहेको सिजन परेकाले सबै प्याक छन र बाध्य भएर बैशालीमा गर्ने निर्णय गरिएको हो ।' 
 
यस्तै राईले मलाई आफूलाई नियतबस होटल बैशाली लोकेशन तय गरिएको आरोप लगाए पनि प्रशासनको निर्णय अनुसार अगाडी बढ्न तयार रहेको बताएका छन् । उनले भनेका छन्- 'कानुन भन्दा कोही पनि माथि छैन त्यसकारण सिडियोले उनीहरुको कुरा सुन्छ भने एउटा सिङ्गो संस्थाले गरेको हाम्रो कुरा पनि सुन्नुपर्छ।' संघको ईलेक्सन आउने शनिबारका हुँदैछ ।