मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

धनुषाका आगलागी पिडीतलाई अन्तरालको सहयोग

भोजराज कोईराला, महोत्तरी, 2013/05/03

धनुषा जिल्लाको विश्वम्भर गाउँका आगलागी पिडीतहरुलाई फिल्म अन्तरालको निर्माण युनिटले राहत वितरण गरेको छ । फिल्मको प्रोमोशनका लागि देश दौडाहामा निस्केको अन्तराल युनिटले बिहिबार आगलागी भएकै स्थानमा पुगेर पिडितहरुलाई राहत वितरण गरेको हो ।

 

अन्तराल युनिटले विश्वम्भरका आगलागी पिडितहरुलाई खाद्य सामाग्री र लत्ता कपडा वितरण गरेको  हो । यस्तै फिल्म निर्माण युनिटको साथमा फिल्मीखबर डटकमको तर्फबाट प्रधानसम्पादक तथा प्रकाशक सुमन गैरेले पनि पिडीतहरूलाई केहि आर्थिक सहयोग गरे । आगलागी पिडितहरुलाई राहत वितरण गर्न अन्तरालकी निर्देशक दिपा वस्नेत, नायक मानव सुवेदी, नायिकाहरु नम्रता सापकोटा, अशिष्मा नकर्मी, निर्माण कम्पनी जीवनसाथी फिल्मसका निर्देशक जीवनसाथी बस्नेत, फिल्मीखबरका प्रधानसम्पादक गैरेले पिडीत परिवारलाई भेटेका थिए ।

 

 

गएको चैत्र २८ गते विद्युत सट भएर आगलागी हुँदा विश्वम्भरका विरवल विक, गम्भिर विक, टंक विक र कुल वहादुर विकको चार घर सहित दुई गोठ, पशुपंक्षी र घरमा रहेका सम्पुर्ण सरसामान जलेर नष्ट भएको थियो । फिल्महरुवाट  सहयोग पाएपछि अहिले छिमेकीको घरमा आश्रय लिएर वसिरहेका पिडित परिवारले खुशी हुँदै धन्यवाद दिएका थिए । साथै उनीहरुले आफुहरुले सरकारवाट कुनै सहयोग नपाएको गुनासो फिल्म तथा संचारकर्मीहरु सामु गरे । 

 

 

पिडितहरुको अवस्था देखेर अन्तरालकी नायिका नम्रता सापकोटाले मन थाम्न सकिनन् र रोईन् । व्यक्तिगत रुपमा पिडीतहरुलाई केहि रकम समेत प्रदान गरेकी नम्रताले रूँदै भनिन्- 'अहिले केहि गर्न नसकेपनि काठमाण्डौं पुगेर तपाईंहरूलाई सक्दो सहयोग गर्नेछु ।' निर्देशक वस्नेतले रौतहटका आगलागी पिडीतहरुलाई पनि सहयोग गर्ने कार्यक्रम रहेको बताईन् । 'यो हाम्रो फिल्मको पब्लिसिटीमा पर्दैन,' दीपाले भनिन्- 'सामाजिक कार्य गर्नु हाम्रो दायित्व हो ।