Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अन्तत: होटल बैशालीमै हुने भो ईलेक्सन

अनुप भट्टराई, काठमाण्डौ, 2013/05/02

अशोक शर्माको प्यानलले ईलेक्सनको भेन्यू ठमेल स्थित होटल बैशालीलाई नमान्ने भन्दै असन्तुष्टी जनाएपनि अन्तत: सोही भेन्यूमा सहमति भएको छ ।  

 

निवर्तमान अध्यक्ष अशोक शर्मा सहित आज बसेको चलचित्र निर्माता संघको कार्यसमिति बैठकबाट सर्वसम्मतले सो भेन्यूलाई अनुमोदन गरेको सचिव सुरेश दर्पण पोखरेलले जानकारी गराएका छन् । शनिबार हुने साधारणसभा सहितको ईलेक्सन डनहरुको एरियामा हुन लागेपछि अशोक शर्माको नेतृत्वको एक ग्रुपले काठमाण्डू सिडिओ कार्यालयमा सो भेन्यूको सम्बन्धमा विधान अनुरुप कार्य नगरिएको भन्दै उजुरी दिएको थियो । जसको प्रतिक्रियामा तुरुन्त भेन्यू तोक्न सिडिओले निर्देशन दिएपछि आजको कार्यसमिति बैठकबाट विधान बमोजिम भेन्यू तोकिएको हो । 

 
 
शनिबार हुने ईलेक्सनका लागि आधिकारिक रुपमा अशोकले हिजो उम्मेदवारी घोषणा गरिसकेका छन् भने राजकुमार राईको आधिकारिक उम्मेदावरी घोषणा बाँकी छ । ईलेक्सनको माहोल तातिरहेका बेला आकाश अधिकारीलाई पनि चेयरम्यानको दौडाहामा उठाईने तायरी स्वतन्त्र समूहले गरेको छ । तर, आकाश आफू यो तरिकाले अध्यक्षको कुर्सी नसम्हाल्ने बताउछन् । अधिकारी भन्छन्- 'साथीहरुले मेरो पनि उम्मेदवारी हुनुपर्छ भनेर लागिराख्नु भाको छ तर यसका लागि अहिले म तयार छैन फेरी यसरी चुनावी प्रक्रियाबाट आउन पनि चाहान्न म ।' 
 
दुई प्यानल स्पष्ट भएको ईलेक्सनका लागि उपाध्यक्षमा राजकुमार राईको तर्फबाट रोज राणा र अशोक शर्माको पक्षबाट उदय सुब्बालाई सर्वसम्मतको क्यान्डिडेट बनाईने खेल करिब अन्तिम चरणमा पुगेको छ । महासचिवमा राजकुमारको पक्षबाट सुरेश दर्पण पोखरेल र अशोकको पक्षबाट केशब भट्टराईको भिडन्त करिब निश्चित छ । सचिवका लागि चाहि सुशिल पोखरेल र छवि ओझा उठाईने तयारी छ । तर, यी क्यान्डिेटको टुङ्गो साँझ पाँच बजे पछि  लाग्ने छ । 
 
यसैगरी कोषाध्यक्षका लागि प्रज्ञा जोशी पनि सर्वसम्मत हुने स्थिती देखिएको छ । उम्मेदवारी दर्ता आज साँझ पाँच बजे सम्म रहेकाले माथिको उम्मेदवारी तालिकामा हेरफेर पनि हुन सक्छ ।