बहालबाला अध्यक्ष राजकुमार राईले विवेकको मत प्रयोग गरी आफूलाई पुनः एक कार्यकालका लागि नेतृत्व दिन प्रोड्यूसरहरुलाई आग्रह गरेका छन् ।
रात्री भोज सहितको उम्मेदवारी घोषणाको कार्यक्रममा बोल्दै राईले पहिलो कार्यकालमा ठूला उपलब्धीमुलक कार्य गर्न नसकेपनि नोक्सानी नपुर्याएको भन्दै विवेकको मतबाट आफूलाई अर्को कार्यकालका लागि काम गर्ने अबसर दिन आग्रह गरेका हुन् । उनी सहित उनको पक्षबाट महासचिव पदका प्रत्यासी सुरेश दर्पण पोखरेल र सदस्य तर्फका राजेश घतानीले पनि राईसंगै आफूलाई जिताउन आग्रह गरेका छन् ।
राजकुमारकै फ्लोरबाट दर्पणले आउने कार्यकालको ३ महिना भित्र बोलेका प्रतिबद्धता नपुर्याए राजिनामा समेत दिने भन्दै उम्मेदवारी घोषणा गरे । हालको अवस्थामा सचिव पदमा रहेका दर्पणले नेपालमा गणतन्त्र आएपनि कार्यान्वनमा नआएको भन्ने उदाहरण दिदै गत बर्ष आन्दोलनको क्रममा सरकारसंग भएको सहमतिलाई ऐतिहासिक भनेका छन् ।
दर्पणले आफ्नो प्यानलको नेतृत्व आए ती सहमतिलाई कार्यान्वयनमा ल्याउन थप लागि पर्ने पनि बताए । उता सदस्यमा उम्मेदावरी दिएका राजेश घतानीले आफ्नो पछिल्लो फिल्म बाटो मुनिको फूल पाईरेसी भएको बखत अशोक शर्माले सो समस्या निरकारण गर्न मद्दत गर्नुको साटो उल्टै धम्की सहित असहयोग गरेको भन्दै आफ्नो प्यानलाई बिजयी बनाउन खुलेरै मत मागेका छन् ।
अध्यक्षमा जिताउन आग्रह गर्दै राजकुमार राईले सार्वजनिक गरेको चुनावी घोषणपत्र भित्रको ७ बुँदे प्रतिबद्धताका बुदाँहरु निम्नानुसार छन् ।
.jpg)
१. नेपाली चलचित्रको डिजिटल प्रदर्शन गर्ने क्रममा सर्भर चार्ज, ईन्कोडि चार्ज, भीपिसी लगायतका अनैतिक चार्जहरु निर्मातालाई लगाउदै आएको छ । यी चार्जहरु अन्याी मात्र छैनन् अमानवीय पनि छन्। प्राकृतिक नियम र ब्यावसाय धर्मको आधारमा पनि त्यो आर्थिक भार या त विरकले यात प्रदर्शकले ब्यहोर्नुपनेृ हो तर त्यसो हुन सकिरहेको छैन । निर्माता साथीहरुको विपक्षमा रहेका यी अनैतिक एवं अव्यवसायिक आर्थिक भाारको प्रावधान खारेजी गर्न जुनसुकै किसिम कदम चाल्न पनि म प्रतिबद्ध रहने छु ।
२. चलचित्र हलमा कुनै नयाँ चलचित्रको या प्रदर्शन हुन लागेको चलचित्रको ट्रेलर देखाउन महंगो शुल्क लिईदै आएको छ यो भने आउन लागेको चलचित्रको प्रबद्र्धन या प्रोमो हो । यो वितरक र प्रदर्शकको पनि दायित्व भएकाले यसलाई खारेज गर्न या तीनै पक्षले दायित्व बहन गर्ने परिपाटीको निर्माण गर्न पहल र प्रयत्न गर्नेछु ।
३. नेपाली चलचित्रको भीसीडी, डीभीडीको मात्र हैन नेट र अनलाईनमार्फत साईबर पाईरेसी पनि बढेको यसलाई अन्त्य गर्न नोल प्रतिलिपि अधिकार रजिष्टारको कार्यालय , विश्व बौद्धिकसंघ (वाईपो)संग सहकार्य गरिने छ । साथै अनलाईन पेइंग प्रणालीलाई अभियानका रुपमा अगाडि बढाएर नेपाली चलचित्रको दायरा फराकिलो पारिनेछ ।
४. काठमाण्डौ उपत्यकाका मल्टिप्लेक्सहलमा अझैनि नोली चलचित्रले सहज सहज प्रवेश पाएका छैनन् । एक दिनमा एउटै मात्र चलचित्र चलाउनुपर्ने नियम भए पनि अहिले एकै दिनमा विभिन्न भाषाका चलचित्र चलाउने र सार्वजनिक विदा र चाडबाडका बेला चलचित्र चलचित्र चल्ने समयमा विदेशी चलचित्र नै चलाईने गरिएको छ । राष्ट्रिय चलचित्र विपक्षमा रहेका यस्ता प्रावधानको अन्त्य गर्नका लागि समेत म प्रतिबद्ध रहनेछु ।
५. चलचित्र बिकास बोर्डको स्वायत्तता, बोर्डमा चलचित्र विज्ञको नियुक्ति, सेन्सर मुक्त चलचित्र र चलचित्रलाई राष्ट्रिय उद्योगको मान्यता मेरा मूल मान्यता हुन । यी मान्यताका लागि म जुनसुकै किसिमका कदम चाल्न प्रतिबद्धरहने छु ।
६. चलचित्र निर्माणका लागि आवश्यक अध्ययन, अनुसन्धान नै नगरी बजारलाई चाहिने भन्दा बढी चलचित्र निर्माण हुनु र एकै साता धेरै चलचित्र प्रदर्शन हुने स्थितीले नेपाली चलचित्र संकटमा पुगेको हो । यस तथ्यलाई ध्यानमा राखी एक सातामा बढीमा दुई वटा मात्र चलचित्र गरिने बाताबरण परिपाटी निर्माणका लागि आवश्यक सवै प्रकारको ब्यवस्था गर्न म प्रतिबद्ध रहनेछु ।
७. खासगरी नयाँ चलचित्र निर्मातालई निर्माण,वितरण,प्रदर्शन र करप्रणालीका सम्बन्धमा आवश्यक परमार्श दिन संघमा एउटा समति बनाई आबश्यक कारबाही गर्ने प्रतिबद्धता पनि ब्यक्त गर्दछु ।


