ब्लड डोनेशनको कार्यक्रमलाई सफलतापूवर्क सम्पन्न गरेकी मौसमी मल्लले यो बर्ष सामाजिक गतिविधिलाई गत बर्षभन्दा दोब्बर बनाउने दाबी गरेकी छिन् ।
महिला चलचित्रकर्मी मञ्चको नेतृत्व गरिरहेकी मौसमीले जेठ २ गते स्थापनाको पहिलो बर्ष पुरा गरे पश्चात थप कार्यक्रम सार्वजनिक गर्ने भन्दै आफ्नो संस्थाले हरेक क्षेत्रमा सेवा पुर्याउन पछि नपर्ने बताएकी छिन् ।
हिजो मौसमीले सोही संस्थाको आयोजनामा ब्लड डोनेशन कार्यक्रम राखेकी थिईन् जहाँ सय जनाले सहभागिता जनाएका थिए । नयाँ हिरोईन हर्षिका श्रेष्ठले कलेजमा पहिलो पटक रहरै रहरमा ब्लडडोनेट गरेकी थिईन् तर यस पटक उनले स्वविवेकले रगत दान गरिन् ।
.jpg)
यसैगरी प्रोड्यूसर समेत रहेकी कलाकार प्रज्ञा जोशीलाई पनि यस किसिमको गतिविधिमा सधै जोश आईरहन्छ रे । सात जनाबाट सुरु भएको सदस्यता संख्या एक बर्षमा २ सय पुगेपनि यो सन्तोषजनक नरहेको मौसमीको भनाई छ । संस्थालाई डोर्याएर उचाईमा पुर्याउने अठोट बढेकाले यस पटक हुने चलचित्र निर्माता संघको निर्वाचनमा उनी नउठ्ने मनस्तिथीमा पनि छिन् ।
'संघमा उठे भने म सदस्य पदमा मात्र उठ्छु होला किन कि त्यो संस्थामा ठूलो पोष्टमा बसियो भने यताको योजनाहरु लथालिङ्ग हुन्छ । त्यसकारण निर्माता संघको चुनाव पश्चात थप क्लियर भएर यो संस्थाको भावी कार्यक्रम सार्वजनिक हुनेछ,' मौसमीको भनाई छ ।



