Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

शुक्रबार `मञ्जरी` भित्रिंदै

फिल्मीखबर, काठमाण्डौ, 2013/05/02

गत चैत्र ९ गते रिलिज हुन नसकेको फिल्म 'मञ्जरी'लाई दर्शकले भोली शुक्रबार हेर्न पाउने भएका छन् । झण्डै ४ दर्जन हलमा एकसाथ रिलिज रिलिज हुन लागेको यो फिल्म प्रतिक्षित लिस्टमा पर्छ ।

 

गत सोमबार पश्चिम नेपालको बुटवलमा 'बुटवल जेसिस'ले मञ्जरी फिल्म देखाएको थियो । उक्त अवसरमा उपस्थित दर्शकले फिल्मलाई रूचाएको पाईयो । बुटवलकै कथा भएकाले पनि च्यारिटी स्वरूप पहिलो शो स्थानिय ठाउँमा गरेको निर्देशक गणेश देव पाण्डेले बताए । निर्देशक पाण्डेले भने- 'यो बुटवलकै स्थानिय कथा हो र हाम्रो निर्माण युनिट पनि बुटवलकै भएकाले हामीले यहाँ च्यारिटी गरेका हौं ।'

 

 

युवानिर्देशक पाण्डेले बुटवलको एक सत्यघटनालाई आधार मानेर गौरव पहारी र सुजाता कोईरालाको रोमाञ्चक प्रेमकथालाई 'मञ्जरी'मा प्रस्तुत गरेका छन् । टुका ईन्टरटेन्मेन्टको ब्यानरमा नरेश देब पाण्डे, महेश चालिसे र प्रदीप कुमार उदयले निर्माण गरेको यो फिल्ममा टिका पहाडी, बिष्णु रिजाल, सरिता भण्डारी र कोपिला थापाको पनि मुख्य भुमिका रहेको छ । फिल्ममा कालिप्रसाद बाँस्कोटाको संगीत रहेको छ ।

 

 

सेन्सर बोर्डबाट केहि झमेला बेहोरेको यो फिल्मको गीतसंगीत तथा प्रोमोलाई रूचाईएकाले पनि दर्शकका लागि यो प्रतिक्षित फिल्मको लिस्टमा परेको हो । यो फिल्मले यसअघि मालतीको भट्टी निर्देशन गरेका गणेश देव र डेब्यू गरेका कलाकारद्धय गौरव र सुजाताको करियर बोकेको छ । सफलता कति हात पर्छ हेर्न बाँकि छ ।