उम्मेदवारीको लेखा जोखामा तालमेल मिलेपछि दुई उपाध्यक्ष र कोषाध्यक्ष पद निर्विरोध भएको छ । उपाध्यक्षमा फिल्मीखबरमा सार्वजनिक पूर्व समाचार अनुसार रोज राणा र उदय सुब्बा निर्विरोध पक्का भएको स्थिती छ ।
यध्यपी उम्मेदबारी माथि दाबि विरोधको समय भोली साँझ सम्मका लागि रहेकाले दाबी विरोधको लफडा उत्पन्न नहोला भन्न पनि सकिन्न । तर पनि दुई प्यानल अशोक शर्मा र राजकुमार राईले यो निर्णयलाई स्वीकार गरेको अवस्था छ । किन कि रोज राणा राजकुमार पक्षधरका हुन् भने उदय सुब्बा खुलेरै अशोकको पक्षमा वकालत गरिरहेका छन् । यसैगरी कोषाध्यक्ष पदमा चाहि प्रज्ञा जोशीको मात्र उम्मेदवारी परेपछि उनी पनि बिजय घोषित सरह छिन् । उनी हालको कार्यसमितिमा पनि कोषाध्यक्षमा पदमा छिन् ।
शनिबार ठमेल स्थित होटल बैशालीमा हुने ईलेक्सनका लागि हालका अध्यक्ष राजकुमार राईले निवर्तमान अध्यक्ष अशोक शर्मासंग प्रतिष्पर्धा गर्दैछन् । यी बाहेक फिल्मीखबरमा प्रकाशित पूर्व समाचार अनुसार महासचिवमा सुरेश दर्पण पोखरेल र केशव भट्टराईको उम्मेदवारी परेको छ । दर्पण राजकुमार पक्षधर हुन् भने भट्टराई अशोक पक्षका हुन् ।

सचिव पदमा पनि दुवै पक्षका उम्मेदवारको लडाई पक्का भएको छ । अशोक प्यानलका छवि ओझा सचिवका एक उम्मेदवार हुन् भने राजकुमार पक्षका सुशिल पोखरेल अर्का उम्मेदवार हुन् । यध्यपी सुशिलको खेल बुझ्न नसकिने स्थितीमा छ । उनलाई रमेशजंग रायमाझीको दबावमा उक्त पदमा अचानक उठाईएको हो । काग्रेस नेता समेत रहेका रमेशजंग रायमाझी काग्रेस पृष्ठभूमिका राजकुमारलाई जिताउन खुलेरै लागि परिरहेका छन् ।
ईलेक्सनका लागि २ सय ४१ भोटर पक्का भएको छ । कार्यसमितिका लागि ईलेक्सनबाट ९ आउने छन् जसका लागि २० जनाको उम्मेदवारी परेको छ । सदस्य पदका लागि उम्मेदबारी दिनेमा क्रमश नाम यसप्रकार छ :
दिनेश पाख्रिन, डिक खड्का, राजेश घतानी, सुसन प्रजापति, माधव वाग्ले, विरेन श्रेष्ठ, सुनिल मानन्धर, प्रभु शम्शेर जबरा, मनिष पन्थ, बिक्रम शाह, उकेश दाहाल, कविता श्रेष्ठ, जेनी कुबँर, हरि बराल, नन्द किशोर श्रीवास्तव, सुनिल रावल, मोहन डोटेल, बिजय बस्नेत, गोविन्द शाही र करन श्रेष्ठ ।

