Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19909 - 19914 of 23728
फिल्मीखबर, काठमाण्डौ, 2013-01-17, बिहिवार

फिल्म उधोगको बिभिन्न माग राख्दै बिगत एक साता देखि आन्दोलनमा उत्रेका फिल्मकर्मी प्रहरीको हस्तक्षेपमा परेका छन् । सञ्चारमन्त्रीले लिखित प्रतिबद्धता जनाए पनि माग पुरा नगरेको भन्दै एक हप्ता देखि पुनः आन्दोलनमा उत्रिएका फिल्मकर्मी बिकास बोर्डमा लगाएको तालालाई बुधबार प्रहरीले फोडेपछि बिहिबार बिहान पुन: फिल्मकर्मीले ताला लगाउने क्रममा प्रहरी हस्तक्षेप भएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2013-01-16, बुधवार

एउटा क्षमतावान फिल्म मेकरको सन्तानले जव बाबुको जस्तै गुण देखाउन थाल्छ तव उसलाई यो क्षेत्रमा खुल्ला हृदयले स्वागत छ । र, यस्तै स्वागत योग्य काम गरेका छन् अशोक शर्माका छोरा अंकितले । 

फिल्मीखबर, काठमाण्डौ, 2013-01-16, बुधवार

फिल्म नचलिरहेको अवस्थामा चलेका कलाकारलाई लिएर पैसा खर्च गरि फिल्म बनाउनु भन्दा नयाँ अनुहारलाई लिएर सस्तोमा फिल्म बनाउनु बुद्धिमानी हुने तर्क ऋषि न्यौपानेको छ । त्यसैले उनी निर्माणाधिन फिल्ममा थिएटरका नयाँ अनुहारलाई लिएर फिल्म निर्माणको तयारीमा छन् ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-01-16, बुधवार

चलचित्र  बिकास बोर्डमा लगाईएको तालालाई आज अचानक प्रहरीले फोडेपछि सरकारसंग फिल्मकर्मी क्रुद्ध भएका छन  ।

 

अनुप भट्टराई, काठमाण्डौ, 2013-01-16, बुधवार

फिल्मकर्मीहरुले गत पुष २५ गते चलचित्र बिकास बोर्डमा लगाईएको तालालाई प्रहरीले फोडिदिएको छ । 

सुमन गैरे, दार्जीलिङ, 2013-01-16, बुधवार

विगत दुई महिना देखि दार्जीलिङको चिसोसँग साईनो गाँस्दै गरेको फिल्म वितेका पल युनिट भोली बिहिबार काठमाण्डौ फर्कदैं छ । दुई महिना सम्म दार्जीलिङका रमणिय स्थानमा फिल्मको सुटिङ गरेको युनिट बुधबार इण्डक्ल्याप गरि बिहिबार काठमाण्डौ फर्कन लागेको हो ।
 

Results : 19909 - 19914 of 23728