Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(22 votes, avg 4.95/5.00)
Text size:-
+
-

ओफासँग `ब्ल्याक याक`को सहकार्य

फिल्मीखबर, काठमाण्डौ, 2013/05/28
नेपालको अग्रणी फिल्मी वेभ पत्रिका फिल्मीखबर डट कमको प्रस्तुतीमा हुन लागेको 'अनलाईन फिल्मीखबर अवार्ड (ओफा) २०७०' आउन अब १२ दिन बाँकि छ । कार्यक्रमलाई सभ्य र भव्य रूपमा सम्पन्न गर्न फिल्मीखबर सम्पूर्ण फिल्म उधोगलाई साथमा लिएर अगाडी बढेको छ । फिल्म क्षेत्रमा क्रियाशिल बिभिन्न संघसंस्था र फिल्मकर्मीको उत्साहजनक साथ र सहभागिताले ओफा फिल्मकर्मीहरूको लागि उत्सव बन्ने निश्चित छ ।
 
यसैविच फिल्मकर्मीहरूको उत्सवलाई साथ दिने भएको छ विश्व प्रसिद्ध कोरियन ब्राण्ड 'ब्ल्याक याक'ले । सन् १९७३मा कोरियामा स्थापना भएको 'ब्ल्याक याक' संसारकै टप ६ आउट डोर र माउन्टेनियर ब्राण्ड भित्र पर्दछ । 'माउण्टेनियर्स बाई माउण्टेनियर्स' भन्ने स्लोगनका साथ अघि बढेको ब्ल्याक याकको शाखा जापान, चीन र नेपालमा छ भने अमेरिका, फ्रान्स, भारत, रसिया लगायतका देशमा शाखा विस्तार हुँदैछ ।
 
बिशेषगरी हिमाल आरोहणमा प्रयोग हुने सामाग्रीहरूको ब्ल्याक याकले उत्पादन गर्ने गरेको नेपाल शाखाका सञ्चालक किशोर कुमार गुरूङले जानकारी गराए । करिब एक बर्ष अगाडी नेपालमा स्थापना गरिएको ब्ल्याक याकको शो रूम ठमेल स्थित सञ्चयकोष भवन अगाडी रहेको छ । नेपालमा शाखा खोलेको छोटो समयमा नै उपभोक्ताहरू माझ लोकप्रिय बनेको ब्ल्याक याकले पर्वतारोहणसँगै पर्यटन प्रबर्द्धनमा समेत ठूलो टेवा पुर्‍याईरहेको छ । पर्यटनसँगै नेपाली फिल्म क्षेत्रलाई समेत साथ दिने उद्देश्य सहित अगाडी बढेको ब्ल्याक याकसँग सहकार्य गर्न पाउँदा फिल्मीखबर गौरवान्वित छ । 
 
 
ब्ल्याक याकसँगै पोखरेली गायक सोभित बस्यालले सञ्चालन गरेको 'परिचय एड्भरटाईजिङ एजेन्सी' र युवानिर्देशक दीपेन्द्र के खनालले निर्देशन गरेको फिल्म 'झोले' पनि ओफाको प्रमुख सहयोगीका रूपमा रहेका छन् । यस बाहेक ओफालाई सफल पार्न अघि बढेका सहयोगी हातहरूका बारेमा क्रमश जानकारी गराउँदै जानेछौं । 'अनलाईन फिल्मीखबर अवार्ड २०७०' आउँदो जेठ २६ गते आईतवारका दिन काठमाण्डौको जमल स्थित राष्ट्रिय नाचघरमा भव्य समारोहका विच सम्पन्न हुँदैछ ।
 
 
 

'Black Yak' supports 'OFA'

 

Filmykhabar.com, most watched online portal for the news of Nepali Film Industry, has announced to organize 'Online Filmykhabar Award (OFA) 2070' which is just 12 days away. Filmykhabar has hoped that with the help of the film industry the award will be a huge success.

 

 

Black Yak, a Korean brand established in 1973 which is top 6 in outdoor and mountaineers brand, has joined hand with OFA. The Black Yak has its branches in Japan, China and Nepal and also has planned to establish its branch in USA, France, India and Russia. According to the manager of Nepal Branch, Kishor Kumar Gurung, company has been producing the stuffs required for the climbers to be used during expeditions. Showroom of Black Yak is located at Thamel, touristic area of Nepal. Within short period of time Black Yak has made its impact in the market and has won the credibility of the customers. Filmykhabar is happy to see Black Yak as the patner of OFA.

 

 

Along with Black Yak, Parichaya Advertising Agency, a company of Sovit Basyal (Musician) from Pokhara and Jhole movie directed by Dipendra K. Khanal have joined hand with OFA. 'Online Filmykhabar Award 2070' will be held on June 9 at Rashtriya Nach Ghar, Jamal.