Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

को बन्ला शक्तिको लम्फू ?

फिल्मीखबर, काठमाण्डौ, 2013/05/27

गत बर्ष 'किन लाग्छ माया' निर्माण गरेर दर्शकलाई निराश नबनाएका निर्माता शक्तिबल्लभ घोरासैनीले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । सोमबार राजधानीमा पत्रकार भेटघाटको आयोजना गरी पपुलर मल्टिमिडिया ले 'लम्फू' नामक फिल्मको निर्माण घोषणा गरेको हो ।

 

कलाकार फाईनल भईनसकेको यो फिल्मलाई 'किन लाग्छ माया'कै निर्देशक गोपालचन्द्र लामिछानेले निर्देशन गर्ने भएका छन् । 'द्धन्दको घाउले अझै पनि सताईरहेको मुलुकमा यतिबेला विकास र अवसरको ढोकाहरू बन्द हुँदै गईरहेका छन् । हरेक व्यक्तिले क्षमता र योग्यता अनुरूप काम गर्न पाईरहेका छैनन् । पैसाले मानवीयता र भावनालाई जित्दै गईरहेको छ । लम्फू यहि परिस्थिती र भावना बोकेको यथार्थ कथा हो,' निर्देशक लामिछानेले भने- 'लम्फूले सम्फू बनाउँछ भन्ने मेरो विश्वास छ ।'

 

भूपतीको लेखन रहेको फिल्म 'लम्फू'लाई दीपक बज्राचार्यले छायाँकन गर्नेछन् भने संगीत अर्जुन पोखरेलले दिने भएका छन् । यस्तै फिल्ममा प्रमोद ढुंगाना, दयाराम पाण्डे र युवराज सापकोटाको गीत रहने छ भने निर्माताको रूपमा आनन्द अधिकारी, श्यामकृष्ण श्रेष्ठ, हरि सिलवाल, शंकर दुलाल र शंकर नेपालले शक्तिबल्लभलाई सघाउँदैछन् ।

 

कार्यक्रममा ‘किन लाग्छ माया’ को काठमाण्डौ प्रदर्शन वापत प्रति टिकट एक रुपियाँका दरले उठेको ४० हजार रूपैंया मेघा कलेजलाई हस्तान्तरण गरियो । उक्त रकम मेघा कलेजमा अध्ययनरत गरिब तथा जेहेन्दार एक विद्यर्थीलाई छात्रवृतिको रूपमा सहयोग गरिएको हो । त्यस्तै ‘लम्फू’ बाट कलेक्सन भएको केही रकम अन्य स्कूलका विद्यार्थीको शैक्षिक स्तर वृद्धीका लागी प्रदान गरिने निर्माण कम्पनीको तर्फबाट निर्देशक लामिछानेले बताए ।