Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अन्तराल हेर्ने अवसर !

फिल्मीखबर, काठमाण्डौ, 2013/05/27
दर्शकको उपस्थिती राम्रो हुँदाहुँदै पनि शो क्यान्सिल गरेको राजधानीको क्यूएफएक्स सेन्ट्रलले सोमबारबाट पुन: एक शो दिएको छ । समिक्षक र दर्शकबाट राम्रो प्रतिक्रिया पाएको यो फिल्म हेर्न नपाएका दर्शकका लागि यो एउटा सुनौलो अवसर बन्नेछ । 
 
'हामीले धेरै प्रयास गरेका थियौं फिल्म नउतार्न तर सञ्चारमाध्यमा बाध्य भएर बोलेपछि अहिले पुन: लगाईएको छ,' आईतवार फिल्मीखबरमा प्रकाशित अन्तरालको समाचारले ध्यानाकर्षण गराएर फिल्म लगाएको प्रतिक्रिया दिंदै निर्देशक दीपा बस्नेतले भनिन्- 'हामीलाई त यो एक शोले खसै केहि असर पार्दैन तर पनि फिल्म हेर्न खोज्ने दर्शकलाई एउटा अवसर हुनेछ ।' क्यूएफएक्सले अन्तराललाई दिउँसो ३:१५ बजेको शो दिएको छ ।
 
गत जेठ ३ गते प्रदर्शन भएको अन्तराल अहिले देशभरका हलबाट उत्रेको छ । राम्रो फिल्म बनाउँदा पनि दर्शक हेर्न नआउँदा निराश बनेका निर्माता जीवनसाथी बस्नेतले त अब आईन्दा नेपालमा रहेका दर्शकका लागि फिल्म नै नबनाउने निर्णय गरेका छन् । स्मरण रहोस् जीवनसाथी फिल्मसले अर्को फिल्म 'वनफूल'लाई यस्तै अवस्था रहेमा नेपालमा रिलिज नगर्ने निर्णय गरेको छ ।