
फिल्म क्षेत्रमा प्रवेश गर्ने बित्तिकै निकै चर्चा पाएकी नायिका प्रियंका कार्कीको पहिलो फिल्म थ्री लभर्स हो । उक्त फिल्मले प्रिमियर समारोहको आयोजना नगरेपछि उनका लागि पहिलो प्रिमियर फिल्म कलिउड बन्यो ।

बिहिबार चलचित्र बिकास बोर्डमा भएको घम्साघम्सीमा निर्देशक शंकर घिमिरेले बहादुरी देखाउदा उनलाई 'हिरो अफ द डे'को उपमा दिईएको छ । आन्दोलनरत ११ वटा संघसंस्थाका प्रतिनिधि सहित अन्य फिल्मकर्मीहरुले शंकरको सो बहादुरीलाई निकै प्रशंशा पनि गरे ।

भोली शुक्रबारबाट देशभर प्रदर्शनमा आउन लागेको फिल्म कलिउडले नेपाली फिल्म उधोग (कलिउड)को मज्जैले व्यङ्ग्य गरेको छ । बिहिबार साँझ चावहिल स्थित एफक्यूब सिनेमा हलमा गरिएको प्रिमियर हेरे पश्चात यस्तो देखिएको हो ।

आन्दोलनमा उत्रेका फिल्मकर्मीलाई प्रहरीले दिनभर नियन्त्रणमा लिएर साँझ छोडिदिएको छ । प्रहरीको हिरासतबाट मुक्त भए लगत्तै ६ जना फिल्मकर्मीले रिले अनशन शुरू गरेका छन् ।

महंगा स्क्रिप्ट राईटरको रूपमा आफूलाई स्थापित गराउन लागेका प्रदीप भारद्धाज बिबाह बन्धनमा बाँधिएका छन् । बिराटनगर स्थायी घर भएका प्रदीपले झापाको दमक स्थित झिलझिलेकी दुर्गा प्रसाईंलाई बिहिबार सिन्दूर हाली आफ्नो बनाएका हुन् ।

सञ्चारमन्त्री राज किशोर यादवसँग सहमती भएका विभिन्न ९ वटा बुँदाहरुलाई तत्काल कार्यान्वयन गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रेका फिल्मकर्मीहरूले ताला लगाउनु पूर्व र लगाए पश्चात बोर्डको प्राङ्गणमा प्रहरी र फिल्मकर्मी बिच निकै बेर चर्काचर्की भयो ।

