मिति : २०८२ ज्येष्ठ ७, बुधवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19903 - 19908 of 22630
अर्पण ढकाल, धरान, २०६९ ज्येष्ठ १७, बुधवार

बैशाख २२ बाट उपत्यकाका सिनेमा घरहरु मार्फत प्रदर्शनमा आएको फिल्म 'कवच' आज बुधबारबाट पूर्वका हलमा समेत रिलिज भएको छ । विभिन्न माग राखेर जातीय पार्टी र राजनीतिक दलले देशभर बन्द हड्ताल गरे पछि फिल्म पूर्वमा रिलिज हुन पाएको थिएन । संबिधान सभाको बिघटनसंगै सम्पूर्ण बन्दहरु फिर्ता भएपछि फिल्मले पूर्वका हलमा प्रदर्शनको पालो पाएको हो ।

सन्जोग बस्याल/ रेम बिक, पोखरा, २०६९ ज्येष्ठ १७, बुधवार

चार वर्ष सम्मको राजनीतिक लगानी, अर्बौ रकमको नोक्सानी र सबै भन्दा ठुलो नेपाली जनताको सपनाको निधन हुँदा नेपाली जनतासंगै यतिबेला नेपाली फिल्मकर्मीहरु पनि निराश छन् । संविधान सभा भङ्ग हुनुलाई नेपाली फिल्मकर्मीहरुले कसरी लिएका छन् त ?

फिल्मीखबर, काठमाण्डौ, २०६९ ज्येष्ठ १७, बुधवार

फिल्म हाइवे टिमले साउन ५ गतेका लागि आफ्नो फिल्मको रिलिज डेट फिक्स गरेको छ । असार १ गते रिलिज हुने भनिएको फिल्म देशको वर्तमान राजनैतिक अन्यौलताले गर्दा पोष्टपोण्ड गरेको जानकारी गराएको थियो । फिल्मका वितरक नरेन्द्र महर्जनले साउन ५ मा त जसरी पनि फिल्म चलाउने बताए ।

फिल्मीखबर, काठमाण्डौ, २०६९ ज्येष्ठ १७, बुधवार

कमलकृष्णको निर्देशनमा बन्दै गरेको फिल्म फुलस्टपको सुटिङ अन्तिम चरणमा पुगेको छ । नगरकोट हुँदै गोरखाको मनकामना लगायत विभिन्न लोकेशनमा पुगी केही दिन अघि काठमाण्डू भित्रिएको यो फिल्मको ९० प्रतिशत सुटिङ सकिएको निर्देशक कमलकृष्णले जानकारी गराए ।

फिल्मीखबर, हेटौंडा, २०६९ ज्येष्ठ १७, बुधवार

सम्पुर्ण दृश्य हेटौंडामा छायाँकन गरिएको नेपाली फिल्म 'माया त माया हो' को च्यारिटी सो आज सम्पन्न भएको छ । चलचित्र पत्रकार संघ मकवानपुर शाखा र क्योकुशिन बुदोकाई कराते संघको संयुक्त आयोजनामा गत ४ गते गर्ने भनिएकॊ च्यारेटी सो बन्द हडतालका कारण स्थगित भई आज सम्पन्न भएको हो ।

फिल्मीखबर, काठमाण्डौ, २०६९ ज्येष्ठ १६, मंगलवार

समाजिक अराजकता निम्त्याउने प्रकृतिको फिल्म निर्माण संख्या ह्वात्तै बढेपछी अहिले समग्र उद्योगमा नेपाली फिल्म कतातिर भन्ने बहस चलिरहेको छ । जस कारण सेक्स ओरेन्टेड ईशुलाई सस्तो प्रचारवाजी गर्दै फिल्म निर्माण भईदिदा उद्योगले अलिकति पाएको ईज्जत पनि गुम्ने खतरा बढेको छ ।

Results : 19903 - 19908 of 22630