
भोली शुक्रबारदेखि रिलिज हुन लागेको अक्षय कुमार अभिनित बलिउड फिल्म रौडी राठोरमा महानायक राजेश हमाल स्पेशल भूमिकामा रहेको भन्ने झुठो खबर छर्दै फिल्मको नेपाल पब्लीसिटी स्टण्ड गर्न खोजिए पनि सो स्टण्ड फेल खाएको छ ।

सम्पूर्ण फिल्मकर्मीलाई एउटा नयाँ खबर आउदो श्रावण महिना देखि अब तपाईलाई सडक - चोकका भित्तामा फिल्मको पोष्टर टास्न पाउनु हुने छैन् । काठमाण्डू महानगरपालिकाले ल्याएको पेपर फ्रि योजना अन्र्तगत बुधबार निर्मातासंघका पदाधिकारी बिच भएको पहिलो चरणको बार्ता अनुरुप सडकका भित्तामा पोष्टर टास्ने कार्यको विकल्प खोजिएको हो ।

श्रावण १८ गतेका लागि मोफसल र १९ का लागि राजधानी रिलिज डेट तोकिएको मेघा बजेटको फिल्म 'मायाज बार' को फस्ट लुक स्वरूप २१ सेकेण्डको भिडियो सार्वजनिक गरिएको छ ।

अत्याधिक बढेको गर्मीको कारण सर्लाहीको लागि तय गरिएको सुटिङ स्थगित गर्दै जाउँ हिड पोखराको युनिट पोखरा मुभ भएको छ । गत जेठ ११ गते देखि काठमाण्डूका विभिन्न ठाँउमा सुटिङ हुँदै युनिट बुधबार पोखरा पुगेको हो । 'अत्याधिक गर्मी भएकाले सर्लाही सुटिङ स्थगित गर्दै पोखरा आएका हौं । यहाँ तीन हप्ता बस्छौं अनि जोमसोम जान्छौं र अन्त्यमा मात्र सर्लाही', निर्देशक शोभित बस्नेतले भने ।

संस्थालाई वेवास्ता गरेको तथा आर्थिक बिषयमा पारदर्शिता नभएको भन्ने आरोप खेप्दै दुई साता अघि कार्यसमितिको बैठकबाट कारबाहीमा परेका चलचित्र प्राविधिक संघका अध्यक्ष सन्तु तामाङको विकल्प खोज्न आउँदो असार ९ गतेका लागि साधारणसभा डाकिएको छ ।

गल्ती गर्नेले जव सर्वत्र आलोचना खेप्छ तव उसले विभिन्न बहानाबाजी निकाल्दै आफूलाई चोखो राख्न जुन सुकै तर्क अघि सार्न पछि पर्दैन । र, यस्तै तर्क एटिएम टिमले पनि गरेको छ ।