Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपाली फिल्म पाईरेसी गर्ने दुई व्यक्ति पक्राउ

फिल्मीखबर, काठमाण्डौ, 2013/05/27

नवनिर्वाचित नेपाल चलचित्र निर्माता संघको कार्यसमितीले तयार पारेको पाइरेसी अनुगमन तथा नियन्त्रण समितिले आफ्नो काम शुरू गरेको छ । निर्माता करण क्रेजीको संयोजकत्वमा गठित उक्त समितिले आईतवार कमलपोखरी परिसरमा रहेका दुई सिडी तथा भिसिडी पसलबाट नेपाली फिल्मको सिडी तथा भिसिडी पाईरेसी गर्ने तीन जना व्यक्तिलाई समातेको छ ।

 

पाइरेसी अनुगमन तथा नियन्त्रण समिति र कमलपोखरीमा रहेको प्रहरी प्रभागको एक टोलीले श्रीराम जयसवाल र सुनिता यादवलाई पाइरेसी गर्दै गरेको अवस्थामा पक्राउ गरेको पक्राउ गरेको हो । पक्राउ पर्नेहरूबाट छापामारेको टोलीले सीपीयू, मेमोरी कार्ड, मोनिटर सहित नेपाली फिल्ममा सिडी तथा भिसिडी बरामद गरेको जनाएको छ । 
 
'मेमोरी कार्डमा फिल्म कपि गर्दै गरेको अवस्थामा हामीले पक्रेका हौं,' संयोजक करण क्रेजीले बताए । पक्राउ परेका यि दुई व्यक्तिलाई प्रतिलिपी अधिकार ऐन वमोजिम कारबाही हुने बताइएको छ । संयोजक क्रेजीले धरासायी नेपाली फिल्मको बजारमा फिल्मको पाईरेसीले अझै धरासायी बनाएको हुनाले यो कार्य रोक्न आफ्नो टोली डटेर लाग्ने बताए । 'हामी अब ठाउँ-ठाउँमा छापा मार्नेछौं,' क्रेजीले भने ।